यू-१९ क्रिकेट विश्वकप दक्षिण अफ्रिकामा हुने | Khabarhub Khabarhub

यू-१९ क्रिकेट विश्वकप दक्षिण अफ्रिकामा हुने


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले यू-१९ विश्वकप दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको छ । यसअघि श्रीलंकामा आयोजना हुने भनिएको यू-१९ विश्वकप श्रीलंकाको क्रिकेट बोर्ड आइसीसीद्वारा निलम्बनमा परेपछि विश्वकपको आयोजन दक्षिण अफ्रिकालाई दिइएको हो ।

दक्षिण अफ्रिकाले यसअघि २०२३ मै महिला यू-१९ विश्वकपक आयोजना गरेको थियो भने २०२० को यू-१९ विश्वकप पनि दक्षिण अफ्रिकामै आयोजना गरिएको थियो ।

यू-१९ विश्वकप जनवरी १३ देखि फेब्रुअरी ४ सम्म हुने यस अघि तोकिएको मितिमा भने आइसीसीले कुनै परिवर्तन अहिलेसम्म गरेको छैन । यस यू-१० विश्वकपमा १६ देशले भाग लिदै छन् । जस अन्तर्गत ११ पूर्ण सदस्यले सिधै प्रवेश पाएका छन् । जसमा श्रीलंका, दक्षिण अफ्रिका, अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, बंगलादेश, इङल्याण्ड, आयरल्याण्ड, वेस्टइन्डिज र जिम्बाबे रहेका छन् ।

त्यस्तै ५ देश क्षेत्रीय छनौट खेलेर विश्वकपमा छनौट भएका छन् । जसमा नामिबिया, नेपाल, न्यूजील्याण्ड, स्कटल्याण्ड र अमेरिका रहेका छन् । 

१६ देशलाई चार समुहमा विभाजित गरिएको छ । जसमा नेपाल समुह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजील्याण्डसँग परेको छ । नेपालले आफ्नो पहिलो खेल १३ जनवरीमा न्यूजील्याण्डसँग, दोस्रो खेल १७ जनवरीमा पाकिस्तानसँग र तेस्रो खेल २० जनवरीमा अफगानिस्तानसँग खेल्ने छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : ३८ बजे

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

चितवन– चितवनका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित

एक करोड केजी चिया गोदाममा थन्कियो

झापा– कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री

एमालेको सङ्कल्प यात्रा आज पर्वत पुग्दै

काठमाडौँ– नेकपा (एमाले)ले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज

सत्ताले धानेको साख

एउटा मदिरा प्रेमी मरेपछि स्वर्ग पुगेछ। आफूले अपेक्षा नगरेको ठाउँ

दियालो बङ्गला सर्वसाधारणको लागि खुला हुँदै, के छ दरबारमा ?

चितवन- भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बंगला सर्वसाधारणका लागि सन्