नक्कली नोटसहित दुई महिला पक्राउ « Khabarhub

नक्कली नोटसहित दुई महिला पक्राउ


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली नेपाली नोटसहित दुई जना महिला काठमाडौँबाट पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा शङ्खरापुर नगरपालिका–७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलबिरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने ओखलढुङ्गा कुईवीर गाउँपालिका–४ की ४१ वर्षीया मैयाँकुमारी घिमिरे रहेका छन् । सिर्जनाको साथबाट एक हजार दरको १४० थान र कुमारीको साथबाट एक हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ ।

सिर्जना र मैयाँ कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शङ्खरापुर नगरपालिका–७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैयाँ कुमारीलाई बूढानीलकण्ठ नगरपालिका–१२ कपन निलो माईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ७ : ३१ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण