शान्ति प्रक्रिया चाँडै टुंग्याउने तीन दलबीच सहमति « Khabarhub

शान्ति प्रक्रिया चाँडै टुंग्याउने तीन दलबीच सहमति


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माओवादी र सरकारबीच शान्ति सम्झौता भएको १७ वर्ष पुगेकै दिन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुंग्याउन सहमति जुटेको प्रधानमन्त्री पुष्पकमल दाहालले दाबी गरेका छन् ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ बालुवाटार छलफल भएको हो ।

आपसी सहमतिमा नै शान्ति प्रक्रिया टुंग्याउन तयार छौं भन्ने सन्देश दिन मंगलबार सो भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले खबरहबलाई जानकारी दिए ।

भेटपछि प्रधानमन्त्री दाहालले भने, ‘ विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिनको सन्दर्भमा आज शान्ति सम्झौताका मुख्य साझेदार दलका नेताहरूसँग महत्वपूर्ण छलफल भएको छ । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आवश्यक कानुन निर्माण गर्ने कुरा हामी एकतावद्ध र प्रतिवद्ध छौँ।’

यो पनि पढ्नुहोस्

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ९ : ०९ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका