शान्ति प्रक्रिया चाँडै टुंग्याउने तीन दलबीच सहमति « Khabarhub

शान्ति प्रक्रिया चाँडै टुंग्याउने तीन दलबीच सहमति


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माओवादी र सरकारबीच शान्ति सम्झौता भएको १७ वर्ष पुगेकै दिन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुंग्याउन सहमति जुटेको प्रधानमन्त्री पुष्पकमल दाहालले दाबी गरेका छन् ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ बालुवाटार छलफल भएको हो ।

आपसी सहमतिमा नै शान्ति प्रक्रिया टुंग्याउन तयार छौं भन्ने सन्देश दिन मंगलबार सो भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले खबरहबलाई जानकारी दिए ।

भेटपछि प्रधानमन्त्री दाहालले भने, ‘ विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिनको सन्दर्भमा आज शान्ति सम्झौताका मुख्य साझेदार दलका नेताहरूसँग महत्वपूर्ण छलफल भएको छ । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आवश्यक कानुन निर्माण गर्ने कुरा हामी एकतावद्ध र प्रतिवद्ध छौँ।’

यो पनि पढ्नुहोस्

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ९ : ०९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी