कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा « Khabarhub

कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

सप्तरी – गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय बोदे बरसाइन सप्तरीका लागि शाखा अधिकृत वा कायममुकायम शाखा कार्यालय प्रमुख व्यवस्था नगर्दा असोज २६ गतेदेखि सेवा प्रवाह रोकिएको छ । इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले नायब सुब्बा दिनेशकुमार राउतलाई कायम मुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत असोज २६ गते सकिएको हो । मन्त्रालयले अर्को व्यवस्था नगर्दा नागरिकता वितरण, मधेसी, दलित, जनजाति प्रमाणीकरण तथा सिफारिस गर्नेलगायतका सेवा रोकिएको जनाइएको छ ।

गृह–मन्त्रालयबाट छ÷छ महिनाका लागि दिइने कायममुकायम कार्यालयप्रमुखमा नायब सुब्बा दिनेशकुमार राउतको विसं २०७८ असोज २२ गतेदेखि हालसम्म चार पटक म्याद थप भइसकेको छ । उनको गत असोज २६ गते म्याद सकिए पनि मन्त्रालयले अर्को व्यवस्था नगर्दा इलाका प्रशासनको सेवा प्रवाह प्रभावित भएको हो । इलाका प्रशासन कार्यालय बोदे बरसाइन् बजारबाट प्रवाह हुने सेवा रोकिएपछि पश्चिम– दक्षिण क्षेत्रका सर्वसाधारण पैदल हिँडेर आए पनि कार्यालयबाट सेवा नपाउँदा २५ किलोमिटर पूर्व राजविराज सेवा लिन जान बाध्य छन् ।

जिल्लाको पश्चिम–दक्षिण क्षेत्रको सेवाग्राहीलाई लक्षित बोदे बरसाइन्–५ बजारमा सञ्चालित इलाका प्रशासन कार्यालयको सेवा बन्द भएपछि सप्तरीका बोदे बरसाइन् नगरपालिका, सुरूङ्गा नगरपालिका, खडक नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बलान बिहुल गाउँपालिका गरी २६ वडाका सेवाग्राही मारमा परेका छन् । जिम्मेवार कर्मचारीको व्यवस्था नहुँदा हाल नागरिकता, दलित जनजाति प्रमाणीकरणको कामका लागि आउने सेवाग्राहीलाई राजविराजमा रहेको जिल्ला प्रशासन कार्यालय पठाउने गरिएको छ ।

गृह–मन्त्रालयले शाखा अधिकृत पठाउने वा कायममुकायमको जिम्मेवारी दिने व्यवस्था नगरेसम्म कार्यालयको काम प्रभावित हुने इलाका प्रशासन कार्यालयका नायब सुब्बा राउतले बताए । उनले नागरिकता लिन आउने सेवाग्राहीलाई आवश्यक कागजात मिलाएर सदरमुकाम राजविराजमा रहेको जिल्ला प्रशासन कार्यालयमा पठाउने गरिएको बताए ।

स्थापनाकालदेखि नै निमित्तकै भरमा इलाका प्रशासन कार्यालय बोदे बर्साइन् चल्दै आएको छ । अधिकृतस्तरको दरबन्दी भए पनि गृहमन्त्रालयले हालसम्म अधिकृत पठाउन सकेको छैन ।

बलान बिहुल गाउँपालिका–३ कि अमृता पण्डित नगरिकता बनाउन बोदे बरसाइन् बजार आए पनि नगरिकता नबनेपछि आफु रित्तै घर फर्कन बाध्य भएको बताए। नागरिकता लिन भोलि राजविराज जाने उनले बताए ।

लोकसेवा आयोगमा समावेशीतर्फ फर्म भर्नको लागि मधेसी प्रमाणितको प्रमाणपत्र लिन आएको बोदे बरसाइन् वडा नम्बर– ८ काचन कि कञ्चनकुमारी यादव कार्यालयबाट सेवा नपाउँदा समस्या भएको बताउँछन्। बस चढेर सदरमुकाम राजविराज जान पैसा नभएको उनले गुनासो गरे । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कायममुकायम प्रमुखको म्याद सकिसकेको जानकारी सहितको पत्र गृह मन्त्रालयमा पठाइसकेको बताए ।

उनले भने, “गृह मन्त्रालयलाई पत्र पठाइसकेको छु, उतै बुझ्नु होला ।” गृहमन्त्रालयका प्रवक्ता नायारायणप्रसाद भट्टराईले भन्नुभयो इलाका प्रशासनमा अधिकृत नहुँदा कामकाज प्रभावित भइरहेको जिज्ञासा राख्दा यस विषयमा आफूलाई जानकारी नरहेको बताउनुभयो । उहाँले भन्नुभयोे “यस विषयमा मलाई जानकारी छैन, प्रशासन शाखासँग बुझ्दै छु ।”

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १० : ४९ बजे

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा