आज २०८० साल पुस ५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८० साल पुस ५ गते बिहीबारको राशिफल


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस ५ गते बिहीबार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेषः दिन राम्रो भए पनि ठुलो काममा हात नलगाउनु राम्रो हुन्छ। प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ। शिक्षा र व्यापार लगानीबाट सामान्य फाइदा हुनेछ।

वृषः तपाईंको आर्थिक उन्नतिको समय छ। हरेक क्षेत्रमा सुधारका संकेत भेटिने छन्। आफन्त अनुकुल रहे पनि पारिवारिक मनमुटाव रहने देखिन्छ। पारिवारिक छलफल र सहमति गरेर काम गर्नु राम्रो हुन्छ।

मिथुनः स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक काममा सम्मान प्राप्त हुनेछ। यसले काम गर्ने उत्साह बढ्नेछ। संघ संस्था र परिवार आफू अनुकुल रहनेछन्। गुरुको सुझाव अनुसार गरेका कामबाट लाभ प्राप्त हुनेछ।

कर्कटः दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। आर्थिक, सामाजिक र शिक्षाको क्षेत्र सबल भए पनि स्वास्थ्यमा समस्या हुनसक्छ। खानपान र भोजमा सहभागी हुँदा विशेष ख्याल गर्नुपर्ने देखिन्छ।

सिंहः नयाँ ठाउँको भ्रमणबाट मन प्रफुल्ल हुनेछ। नयाँ कुराको थालनी हुनेछ। व्यापार व्यवसाय र शिक्षामा प्रशंसा प्राप्त हुनेछ। पारिवारमा समस्या झेल्नुपर्ने हुनसक्छ।

कन्याः आर्थिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। आफ्नै परिवारमा सल्लाह गरेर अगाडि नबढेमा समस्या हुनसक्ने देखिन्छ।

तुलाः दिन राम्रो छ। आर्थिक क्षेत्रमा कुटुम्बको सहयोग लिनु राम्रो हुन्छ। एक्लै अगाडि बढेमा समस्याको सामना गर्नुपर्ने हुनसक्ने भएकाले सचेत भएर व्यवहार गर्नु राम्रो हुन्छ।

वृश्चिकः आजको दिन सामान्य राम्रो छ। प्रतिस्पर्धीसँग सचेत हुनु राम्रो हुन्छ। पारिवारमा फरक विचार राख्नेसँग समन्वय गरेर अगाडि बढ्नु फाइदाजनक हुन्छ।

धनुः दिन सामान्य राम्रो छ। आज बल भन्दा बुद्धि लगाएर काम गर्नु राम्रो हुन्छ। स्वास्थ्यमा समस्या देखिए पनि अन्य पक्ष सबल छन्। पारिवारिक सम्बन्धमा समस्या हुनसक्छ।

मकरः वैदेशिक क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। अन्य क्षेत्रमा लगानी गर्नु अगाडि सोच्नुपर्ने देखिन्छ। शिक्षा क्षेत्रमा मेहनतको आवश्यकता देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर हुनेछ।

कुम्भः आर्थिक क्षेत्रमा विवाद हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले मानसिक तनाव बढ्ने देखिन्छ। सहकार्य गर्ने शेयरधनीले तपाईंको धनमा आँखा लगाउन सक्छन्। परिवारबाट खुसी मिल्नेछ।

मीनः दिन राम्रो छ। आर्थिक र शिक्षा क्षेत्रमा राम्रो हुनेछ। स्वास्थ्य राम्रो छ। वैदेशिक क्षेत्रमा ठगहरु सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ५ : ०३ बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट