आज २०८० साल पुस ५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८० साल पुस ५ गते बिहीबारको राशिफल


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस ५ गते बिहीबार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेषः दिन राम्रो भए पनि ठुलो काममा हात नलगाउनु राम्रो हुन्छ। प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ। शिक्षा र व्यापार लगानीबाट सामान्य फाइदा हुनेछ।

वृषः तपाईंको आर्थिक उन्नतिको समय छ। हरेक क्षेत्रमा सुधारका संकेत भेटिने छन्। आफन्त अनुकुल रहे पनि पारिवारिक मनमुटाव रहने देखिन्छ। पारिवारिक छलफल र सहमति गरेर काम गर्नु राम्रो हुन्छ।

मिथुनः स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक काममा सम्मान प्राप्त हुनेछ। यसले काम गर्ने उत्साह बढ्नेछ। संघ संस्था र परिवार आफू अनुकुल रहनेछन्। गुरुको सुझाव अनुसार गरेका कामबाट लाभ प्राप्त हुनेछ।

कर्कटः दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। आर्थिक, सामाजिक र शिक्षाको क्षेत्र सबल भए पनि स्वास्थ्यमा समस्या हुनसक्छ। खानपान र भोजमा सहभागी हुँदा विशेष ख्याल गर्नुपर्ने देखिन्छ।

सिंहः नयाँ ठाउँको भ्रमणबाट मन प्रफुल्ल हुनेछ। नयाँ कुराको थालनी हुनेछ। व्यापार व्यवसाय र शिक्षामा प्रशंसा प्राप्त हुनेछ। पारिवारमा समस्या झेल्नुपर्ने हुनसक्छ।

कन्याः आर्थिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। आफ्नै परिवारमा सल्लाह गरेर अगाडि नबढेमा समस्या हुनसक्ने देखिन्छ।

तुलाः दिन राम्रो छ। आर्थिक क्षेत्रमा कुटुम्बको सहयोग लिनु राम्रो हुन्छ। एक्लै अगाडि बढेमा समस्याको सामना गर्नुपर्ने हुनसक्ने भएकाले सचेत भएर व्यवहार गर्नु राम्रो हुन्छ।

वृश्चिकः आजको दिन सामान्य राम्रो छ। प्रतिस्पर्धीसँग सचेत हुनु राम्रो हुन्छ। पारिवारमा फरक विचार राख्नेसँग समन्वय गरेर अगाडि बढ्नु फाइदाजनक हुन्छ।

धनुः दिन सामान्य राम्रो छ। आज बल भन्दा बुद्धि लगाएर काम गर्नु राम्रो हुन्छ। स्वास्थ्यमा समस्या देखिए पनि अन्य पक्ष सबल छन्। पारिवारिक सम्बन्धमा समस्या हुनसक्छ।

मकरः वैदेशिक क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। अन्य क्षेत्रमा लगानी गर्नु अगाडि सोच्नुपर्ने देखिन्छ। शिक्षा क्षेत्रमा मेहनतको आवश्यकता देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर हुनेछ।

कुम्भः आर्थिक क्षेत्रमा विवाद हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले मानसिक तनाव बढ्ने देखिन्छ। सहकार्य गर्ने शेयरधनीले तपाईंको धनमा आँखा लगाउन सक्छन्। परिवारबाट खुसी मिल्नेछ।

मीनः दिन राम्रो छ। आर्थिक र शिक्षा क्षेत्रमा राम्रो हुनेछ। स्वास्थ्य राम्रो छ। वैदेशिक क्षेत्रमा ठगहरु सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ५ : ०३ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती