पूर्व-पश्चिम राजमार्ग मर्मतको काम सुरु  « Khabarhub

पूर्व-पश्चिम राजमार्ग मर्मतको काम सुरु 


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुरकञ्चनपुर–कैलालीअन्तर्गत  पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मत (पुर्न)का लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो ।

राजमार्गको कैलाली र कञ्चनपुरमा सडकलाई दुई खण्डमा विभाजन गरी कार्य अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारीका तारानाथ सिग्देलले बताएका छन् । उनका अनुसार पटके मर्मतका लागि लम्कीबाट अत्तरिया र कान्ला पुलबाट गड्डाचौकीसम्म ठेक्कामार्फत काम भइरहेको छ ।

राजमार्गको कैलाली खण्डमा ८० किलोमिटर र कञ्चनपुर क्षेत्रमा १२ किलोमिटर क्षेत्रमा मर्मत भइरहेको उनले बताए । ‘सडक मर्मतका लागि तीन महिनाभित्र काम सक्नेगरी रु एक करोडमा ठेक्का आह्वान गरिएको हो’, उनले भने, ‘पुस मसान्तसम्म अन्तिम म्याद रहेको छ ।’ पटके मर्मतका लागि वर्षमा दुईपटक ठेक्का  आह्वान गरी काम अगाडि बढाउने कार्य हुँदै आएको छ ।

यसैगरी चिसापानीबाट लम्कीसम्मको १० किलोमिटर सडकमा अस्पाल्ट ओभरले (कालोपत्रमाथि कालोपत्रको लेयर थप्ने) कार्यका लागि रु सात करोडमा ठेक्का सम्झौता गरिएको उनले बताएका छन् । ‘सडक बिग्रिएको थियो, सुधारका लागि कालोपत्रको लेयर थप्ने कार्य थालिएको छ’, उनले भने, ‘ठेक्का सम्झौताअनुसार कार्य मङ्सिर महिनाभित्रै सक्नुपर्ने थियो, सकिएको छैन ।’

निर्माण सामग्री अभावमा व्यवसायीले काम नसकेकाले म्याद थपका लागि निवेदन दिएको उनले जानकारी दिए । अबमात्रै पाँच–दश दिनमा सकिने काम छ, त्यसका लागि निर्माण व्यवसायीलाई काम गर्नका लागि म्याद थप गर्नेबारे प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी सिग्देलले बताए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ६ : ५६ बजे

तिङ्कर सडकको दुम्लिङसम्म गाडी पुग्यो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी