सवारी दुर्घटनामा नाै जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा नाै जनाको मृत्यु


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–   देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।

रूकुम पश्चिमकाे आठबिसकोट नगरपालिका-१० पिरिकोटस्थित सडकमा सोही नगरपालिकाको कार्यालय राडीबाट भूकम्प पीडितहरुको लागि राहत सामग्री लिएर गइरहेको रा.१ द १४ नम्बरको ट्याक्टर घुम्तीमा मोड्ने क्रममा सडकबाट करिब ३० मिटर तल खसेर बुधबार राति दुर्घटना हुदाँ ट्याक्टरमा सवार सोही नगरपालिका-१० नाउला बस्ने ४६ वर्षीय लोक बहादुर शाही समेत ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ९ जनाको नगर अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तयसैगरी, बाराकाे निजगढ नगरपालिका-९ सिंगौल गेटस्थित सडकमा प्र.१- ०५-००१ प ५४९७ नमबर र बा.९७ प ९४४ नम्बरका २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा बा.९७ प ९४४ नम्बरको मोटरसाइकल चालक उदयपुर कटारी नगरपालिका-२ बस्ने ३४ वर्षीय चन्द्रदिप लामा र प्र.१ -०५-००१ प ५४९७ नम्बरको मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका-३ पौराई बस्ने ३१ वर्षीय बुद्ध बहादुर बल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सामुदायिक प्रसूति अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै बा.९७ प.९४४ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै डडेल्धुराकाे अमरगढी नगरपालिका-२ आईतबजारस्थित सडकमा सु.प.प्र.०४-००१ च १८८ नम्बरको जिप सडकको नालामा पल्टिई बुधबार साँझ दुर्घटना हुँदा जिपमा सवार अमरगढी नगरपालिका-८ बस्ने ४० वर्षीय दान बहादुर ओलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनाको सोही अस्पताल भइरहेको छ भने अन्य १ जनालाई उपचारको लागि गेटा आँखा अस्पताल धनगढी कैलाली पठाइएको छ ।

धनुषाकाे धनुषाधाम नगरपालिका-७ कान्छी बजारस्थित सडकमा ना.४ ख ४१५२ नम्बरको ट्याङ्करले लु.८६ प ८४०९ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ बस्ने ३० वर्षीय सरोज मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।

हाल फरार ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  १ : ५८ बजे

सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता

काठमाडौं -सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

काठमाडौं- शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका

मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घट्यो

काठमाडौं– जेठ महिनाका लागि वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपतर्फको औसत ब्याजदरमा

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छायाँ

नयाँ दिल्ली- इरान युद्धका कारण चर्किएको ऊर्जा सङ्कट, अस्थिर तेल

कालो धुवाँ बोकेरै ठडिएको छ पुरानो संसद् भवन, पुनर्निर्माणको छैन टुंगो, भाडासमेत तिर्न बाँकी

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)