शत्रुले उक्साए आणविक हतियार प्रयोग गर्ने उत्तर कोरियाको चेतावनी « Khabarhub

शत्रुले उक्साए आणविक हतियार प्रयोग गर्ने उत्तर कोरियाको चेतावनी


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

सोल- उत्तर कोरियाले शत्रुले उक्साए आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । आफ्नो देशलाई आणविक हतियारले उक्साएमा आणविक आक्रमण गर्न नहिचकिचाउने उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले बताएका हुन् ।

यद्यपि दक्षिण कोरिया र उसका सहयोगीले ‘बिना शर्त वार्ता’ गर्न उत्तर कोरियालाई आह्वान गरेका छन् । गत साता वासिङ्टनमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीच भएको बैठकपछि किमले यस्तो चेतावनी दिएका हुन् ।

बैठकको कार्यसूचीमा ‘आणविक र रणनीतिक योजना’ समावेश गरिएको थियो र सहयोगीहरूले संयुक्त राज्य अमेरिका वा दक्षिण कोरियामाथि उत्तरले गर्ने कुनै पनि आणविक आक्रमणले उत्तर कोरियाली शासनको अन्त्य हुने कुरा बताएका थिए ।

तर, किमले आफ्नो सेनाको क्षेप्यास्त्र ब्युरोलाई ‘शत्रुले आणविक हतियारले उक्साएमा आणविक आक्रमण गर्न समेत नहिचकिचाउन’ भनेको उत्तर कोरियाली केन्द्रिय समाचार संस्था (केसीएनए) ले बिहीबार जनाएको छ ।

त्यसको केही समयपछि अमेरिका, दक्षिण कोरिया र जापानले वक्तव्य जारी गर्दै उत्तर कोरियालाई ‘थप उत्तेजना नबढाउन र बिना कुनै पूर्वशर्त ठोस वार्तामा संलग्न हुने आह्वानलाई स्वीकार गर्न’ आग्रह गरेका थिए ।

यस वर्ष उत्तर कोरियाले गरेको हतियार परीक्षणको कीर्तिमानी शृङ्खलाको सामना गर्दै तीनै देशले प्रतिरक्षा सहयोग बढाएका छन् र मङ्गलबार उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपणको वास्तविक समयको तथ्याङ्क सार्वजनिक गर्ने प्रणाली सक्रिय गरेका छन् ।

उत्तर कोरियाले सोमबार आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र ह्वासोङ–१८ प्रक्षेपण गरेको थियो र पछि यसलाई अमेरिका र उसका सहयोगीहरूको निरन्तरको ‘सैन्य खतरा’ को रक्षाका लागि गरिएको बताएको थियो ।

गत हप्ता दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा अमेरिकी आणविक शक्तिसम्पन्न पनडुब्बी पुगेको थियो र बुधबार अमेरिकाले दक्षिण कोरिया र जापानसँगको अभ्यासमा आफ्ना लामो दूरीका बमवर्षक विमान उडाएको थियो ।

उत्तर कोरियाले हालै ‘कोरियाली प्रायद्वीप कानुनअनुसार युद्धको अवस्थामा रहेको’ र अमेरिकाले दक्षिणमा तैनाथ गरेको ‘रणनीतिक सम्पत्ति’ विनाशको पहिलो निशाना हुने बताएको छ ।

गत अक्टोबरमा दक्षिण कोरिया, जापान र अमेरिकाको पहिलो संयुक्त हवाई अभ्यासमा आणविक हतियार बोक्न सक्ने अमेरिकी बी–५२ बमवर्षक विमानले भाग लिएपछि उत्तर कोरियाले उक्त अभ्यासलाई ’अमेरिकाको जानाजानी आणविक युद्ध उत्तेजक कदम’ भनेको थियो ।

उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूको अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्छ र लामो समयदेखि क्षेप्यास्त्र प्रक्षेपणलाई आवश्यक ‘प्रतिकार’ को रूपमा न्यायोचित ठह¥याउँदै आएको छ ।

उत्तर कोरियाले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो र उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  २ : ३८ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्