राष्ट्रियसभा निर्वाचनका लागि आयोगले तोक्यो मतदानस्थल र मतदान केन्द्र « Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि आयोगले तोक्यो मतदानस्थल र मतदान केन्द्र


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ ।

बिहीबार विज्ञप्ति जारी गरेर आयोगले आगामी १० माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एउटा मतदानस्थल र सोही मतदान स्थलमा दुईवटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको हो ।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाम, बागमती प्रदेशका लागि श्री भुटनदेवी मावि प्राविधिक शिक्षालय ब्लक ‘एफ’ प्राविधिक भवन हेटौँडा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन घोराही, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढी कैलालीलाई मतदानस्थल तोकिएको छ ।

तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहने आयोगले जनाएको छ । तोकिएका मतदान केन्द्रमा ११ माघ बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुनेछ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ३ : ०३ बजे

रास्वपाको कडा नियम : आफूखुसी उम्मेदवारी घोषणा गर्दै फेसबुकमा लेख्न नपाइने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी एक्ला एक्लै वार्ता, मुख्य एजेन्डा चुनाव

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा

निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनको समयमा

रास्वपाद्वारा उम्मेदवार आकांक्षीका लागि आचारसंहिता जारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का

चितवन पुगेर रविले भने : रास्वपा कसैसँग गठबन्धन गर्दैन, एक्लै सबै सिट जितेर देखाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते