एक वर्ष मात्र कार्यकाल बाँकी रहेको प्रधानमन्त्रीको खुलासा, सरकारको गियर बढाउने प्रतिबद्धता | Khabarhub Khabarhub

एक वर्ष मात्र कार्यकाल बाँकी रहेको प्रधानमन्त्रीको खुलासा, सरकारको गियर बढाउने प्रतिबद्धता


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष मात्रै बाँकी रहेको बताएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा उनले आफ्नो कार्यकाल एक वर्ष मात्रै बाँकी रहेकाले अब सरकारको गियर बढाएर काम गर्ने बताए ।

सरकारको एक वर्षे कार्यकालको समीक्षा गरिएको सरकार नेतृत्वकर्ता दल माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष बाँकी रहेको र यो अवधिमा सरकारको गियर बढाएर काम गर्ने बताएका हुन् ।

दलीय सहमतिअनुसार आफ्नो कार्यकाल एकवर्ष मात्र बाँकी रहेको बैठकमा जानकारी गराउँदै उनले वितेको एकवर्षमा भएका काम पनि राम्रो रहेको दाबी गरे ।

गत वर्षको १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष बाँकी रहेको बताउँदै गठबन्धनबीच भएको सहमतिबारे जानकारी गराएका हुन् ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ३ : ५० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता