नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट « Khabarhub

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अङ्कले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आज छ अङ्कले ओरालो लागेर तीन सय ९६ दशमलव ६२ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने दुई उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कूल एक करोड ७१ लाख ७२ हजार एक सय ४९ कित्ता शेयर रु छ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय ११ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु ३० करोड ६८ लाख ६० हजार आठ सय बराबरको शेयर कारोबार भयो । सोनापुर मिनरल्स रु २५ करोड ४७ लाख ६९ हजार पाँच सय २४, हिमालयन डिस्टिलरी रु २० करोड छ लाख २० हजार एक सय ६०, हाथवे इन्भेस्टमेन्ट रु १५ करोड ३६ लाख २० हजार चार सय ९२ र घोराही सिमेन्ट रु १५ करोड २३ लाख ५० हजार पाँच सय नौ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरि लघुवित्त, बिपीडब्ल्यू लघुवित्त, चिर्खवा हाइड्रोपावरलगायत कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स सात दशमलव ४४, उन्नती सहकार्य लघुवित्त सात दशमलव २६, सनराइज फस्ट म्युचुअल फण्ड छ दशमलव ९४, गरिमा विकास लघुवित्त छ दशमलव ९४ र युनियन हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५२ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ३ : ५८ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।