नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट « Khabarhub

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अङ्कले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आज छ अङ्कले ओरालो लागेर तीन सय ९६ दशमलव ६२ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने दुई उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कूल एक करोड ७१ लाख ७२ हजार एक सय ४९ कित्ता शेयर रु छ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय ११ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु ३० करोड ६८ लाख ६० हजार आठ सय बराबरको शेयर कारोबार भयो । सोनापुर मिनरल्स रु २५ करोड ४७ लाख ६९ हजार पाँच सय २४, हिमालयन डिस्टिलरी रु २० करोड छ लाख २० हजार एक सय ६०, हाथवे इन्भेस्टमेन्ट रु १५ करोड ३६ लाख २० हजार चार सय ९२ र घोराही सिमेन्ट रु १५ करोड २३ लाख ५० हजार पाँच सय नौ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरि लघुवित्त, बिपीडब्ल्यू लघुवित्त, चिर्खवा हाइड्रोपावरलगायत कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स सात दशमलव ४४, उन्नती सहकार्य लघुवित्त सात दशमलव २६, सनराइज फस्ट म्युचुअल फण्ड छ दशमलव ९४, गरिमा विकास लघुवित्त छ दशमलव ९४ र युनियन हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५२ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ३ : ५८ बजे

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

कञ्चनपुर – कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट

सुरेन्द्र पाण्डे भन्छन् : अब दोष कसैमा थोपरेर उम्किन सकिँदैन

काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै