भक्तपुर अस्पतालको सेवा विस्तार गरिने « Khabarhub

भक्तपुर अस्पतालको सेवा विस्तार गरिने


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुर अस्पताल चाँडै तीन सय शय्यामा विस्तार हुने भएको छ । चन्द्र शम्शेरको पालामा १९६१ असार १७ गते ‘चन्द्रलोक डिस्पेन्सरी’का नामबाट सञ्चालित उक्त अस्पताललाई केन्द्रीय अस्पतालका रुपमा विस्तार गर्न लागिएको हो ।

बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई तीन सय श्ययामा स्तरोन्नतिको निर्णय गरेको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डीपी ढकालले जानकारी दिए । बागमती प्रदेश सरकारबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत एक हजार छ सय ६९ जना प्राविधिकसहित कर्मचारीको सङ्गठन संरचना स्वीकृत गर्दै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको उनले बताए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमै खरिद गर्ने गरी करिब रु आठ करोडको सिटीस्क्यान मेसिन खरिद गर्न भक्तपुर अस्पताललाई बजेट विनियोजनसमेत गरेको छ । “भक्तपुरका बासिन्दालाई गुणस्तरीय उपचारका लागि उपत्यकाका महँगा निजी अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास छ, स्थानीयस्तरमा सुविधा सम्पन्न स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रदेश सरकारको नीतिअनुसारनै यो निर्णय भएको हो”, ढकालले भने ।

उपत्यकाकै पुरानो अस्पताल भए पनि सरकारबाट उपेक्षित हुँदै ७५ श्ययामा सञ्चालन हुँदै आएको यो अस्पताल बागमती प्रदेश सरकार मातहतमा गएपछि कोरोना महामारीको समयमा तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमको पालामा भेन्टिलेटरसहितको आईसीयू सेवासहित एक सय ८६ श्ययासम्म सञ्चालन गरिएको थियो ।

डा. गौतमले भनिन्, “अस्पताल व्यवस्थितरुपमा सञ्चालन गर्नसके बिरामीले अन्य अस्पताल धाउनुपर्दैन ।” प्रदेश सरकारले भक्तपुर अस्पताललाई एम्बुलेन्ससमेत प्रदान गरेको छ । अस्पतालका मेसु डा त्रिभुवनचन्द्र झाले प्रदेश सरकारको निर्णयले आफूहरुलाई उत्साहित बनाएको उल्लेख गर्दै दरबन्दी थपसहितको परिपत्र आएपछि सेवा विस्तारका प्रक्रिया थालिने बताए ।

“अब नयाँ भवनमा सेवा सञ्चालनको तयारी छ । भवनको अभाव हुँदैन”, उनले भने । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थले एक वर्ष अगाडिनै भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल र यस वर्ष देशकै उत्कृष्ट अस्पताल घोषणा भएर प्रदेश सरकारबाट पुरस्कृत भएको अवस्थामा तीन सय श्ययामा स्तरोन्नति भएर थप प्रोत्साहन पाएको बताए । उपचारका लागि अन्य अस्पतालबाट रिफर गरेर आउने गरी सेवा विस्तार गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ४ : ४४ बजे

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक