अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा सडक महोत्सव हुने « Khabarhub

अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा सडक महोत्सव हुने


५ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

पोखरा- पर्यटकीय नगरी पोखरामा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सव २०२३–२०२४ आयोजना हुने भएको छ ।

पोखराको लेक साइड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेवानले बिहीबार चितवनमा पत्रकार सम्मेलन गर्दै २५ औँ पोखरा सडक महोत्सवको तयारी भइरहेको महोत्सवका संयोजक विश्वराज पौडेलेले जानकारी दिए । उक्त अवसरमा आन्तरिक तथा वाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा प्रवर्द्धन गर्न यही पुष १२ देखि १६ गते सम्म पोखराको लेक साइडको करिब ३ किलोमिटर सम्म महोत्सव हुँदैछ ।

सडकमा नै खाऔँ, सडकमा नै रमाऔँ भन्ने नाराका साथ आयोजना हुने महोत्सवको मुख्य आकर्षण विभिन्न जातजातीको सास्कृतिक कार्यक्रम मौलिक भेषभुषा प्रदर्शनका साथै विभिन्न प्रदर्शनी गरिने उनले बताए ।

महोत्सवमा बालबालिकाहरुका लागि चित्रकला र पोखराको विभिन्न साहासिक खेलकुदहरुको डकुमेन्ट्री प्रदर्शनका साथै पोखराका विभिन्न पर्यटकीय गन्तव्यहरु प्रवर्द्धन गर्ने कार्यक्रम रहेको संयोजक पौडेलले बताए । नेपालमा नै फरक महोत्सवको रुपमा रहेको पोखरा सडक महोत्सवमा ५ लाख पर्यटक भित्राउने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ५ : १६ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान