रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै १६औँ योजना सार्वजनिक गर्ने आयोगको तयारी « Khabarhub

रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै १६औँ योजना सार्वजनिक गर्ने आयोगको तयारी


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय योजना आयोगले उत्पादन वृद्धि सहितको रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै १६औँ योजना सार्वजनिक गर्ने तयारी गरेको छ ।

बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आयोगले प्रदेश र स्थानीय तहको छलफलका सुझाव आइसकेको जानकारी दिँदै उत्पादन वृद्धि सहितको रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर छिटै १६औँ योजना सार्वजनिक गर्ने तयारी भएको जानकारी दिएको हो ।

संघीय स्वरुपअनुसार प्रदेशलाई महत्वपूर्ण भूमिका दिनुपर्ने, तीनै तहको अन्तरसम्बन्धलाई बलियो बनाउनुपर्ने, वित्तीय स्रोतको विनियोजन तथा आयोजना छनौट गर्दा संघीय संरचनालाई ध्यान दिनुपर्नेलगायतका सुझाव आएको आयोगले जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले कोरोना महामारी, अन्तराष्ट्रिय परिघटनाका कारण १५ औँ योजनाका उपलब्धी अपेक्षित नदेखिएको बताए । उनले १६ औँ योजना सम्भावना भएका आर्थिक लगायतका क्षेत्रमा लक्ष्य हासिल गर्नका लागि सुझाव सहितको योजना राखिएको जानकारी दिए ।

उनले कानुन, जनशक्तिको अभावमा प्रदेशले पूर्ण रुपमा काम गर्न नसकेकाले प्रदेशलाई पूर्णरुपमा काम गर्न सक्ने गरि सवै पूर्वाधार दिन सक्ने १६ औ योजना सफल हुने दाबी गरे ।।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ५ : ४७ बजे

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस २३ गते बुधबार तदनुसार