वैशाखमा उपनिर्वाचन गर्ने तयारीमा छौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया « Khabarhub

वैशाखमा उपनिर्वाचन गर्ने तयारीमा छौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आउँदो वैशाखमा रिक्त रहेका तीनै तहको उपनिर्वाचन गर्ने तयारी भइरहेको बताएका छन् ।

उनले खर्च कम गर्न तीन तहको एकै पटक उपनिर्वाचन गर्ने तयारी गरेको बताए । उनले यो प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष समेत राखेको जानकारी दिए ।

उनले खबरहबसँग कुरा गर्दे भने, ‘राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा प्रधानमन्त्रीलाई भेट्न जाँदा वैशाखतिर उपनिर्वाचन गर्ने कि भन्नेबारे छलफल भएको छ । उहाँ पनि अहिले जाडो भएको र उपयुक्त समय वैशाखमै हुने कुरामा सकारात्मक हुनुहुन्छ ।’

उनका अनुसार निर्वाचन आयोग जुनसुकै बेला उपनिर्वाचन गर्ने भएपनि अहिले हिमाली जिल्लामा जाडो भएको र राष्ट्रियसभा निर्वाचन पनि आएको हुनाले यस्तो छलफल भएको हो ।

हाल प्रतिनिधिसभा तर्फ इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुवास नेम्वाङको क्षेत्रमा उपनिर्वाचन हुने छ । उनको हृदयाघात भएर भदै २६ गते मृत्यु भएको थियो ।

यस्तै, सुदूरपश्चिममा असार ६ गते कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । उनको क्षेत्र बझाङ १ कमा उपनिर्वाचन हुने छ ।

यी सँगै स्थानीय तहका २२ क्षेत्रमा उपनिर्वाचन हुने छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ६ : ३५ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको