नदीमा दुई जनाको शव भेटियो | Khabarhub Khabarhub

नदीमा दुई जनाको शव भेटियो


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

बेनी – म्याग्दी नदीमा दुई जनाको शव फेला परेको छ । पुस ३ गते बिहानदेखि सम्पर्कविहीन भएकी धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी ७६ वर्षीया मनकुमारी पुनको शव म्याग्दी खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज दिउँसो खोर्बाङस्थित म्याग्दी नदीमा पुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अशोककुमार झाले जानकारी दिए । सम्पर्कविहीन भएपछि घरपरिवार, स्थानीयवासी र प्रहरीले खोजी गर्ने क्रममा नदीमा पुनले लगाएको कपडा फेला परेपछि थप खोजी गर्दा नदीमा शव फेला परेको हो।

बुधबार नै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ घर भई वडा नं २ भुरुङ तातोपानीमा बसोबास गर्ने ३१ वर्षका सुजन घर्तीसमेत कालीगण्डकी नदीको खोचमा मृत अवस्थामा फेला परेका छन् । पुस २ गते भुरुङ तातोपानीबाट पोखरेबगरतर्फ मोटरसाईकलमा जाँदै गरेका घर्ती सम्पर्कविहीन भएका थिए ।

सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरबाट खटिएको गोताखोरसहितको टोली, नेपाल प्रहरी, घरपरिवार, आफन्तले कालीगण्डकी नदी किनारमा खोजी गर्दा नौनिबगरस्थित कालीगण्डकी नदीको खोँचमा घर्तीको शव फेला पारेको सूचना अधिकारी झाले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ८ : ४४ बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर