नदीमा दुई जनाको शव भेटियो « Khabarhub

नदीमा दुई जनाको शव भेटियो


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

बेनी – म्याग्दी नदीमा दुई जनाको शव फेला परेको छ । पुस ३ गते बिहानदेखि सम्पर्कविहीन भएकी धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी ७६ वर्षीया मनकुमारी पुनको शव म्याग्दी खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज दिउँसो खोर्बाङस्थित म्याग्दी नदीमा पुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अशोककुमार झाले जानकारी दिए । सम्पर्कविहीन भएपछि घरपरिवार, स्थानीयवासी र प्रहरीले खोजी गर्ने क्रममा नदीमा पुनले लगाएको कपडा फेला परेपछि थप खोजी गर्दा नदीमा शव फेला परेको हो।

बुधबार नै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ घर भई वडा नं २ भुरुङ तातोपानीमा बसोबास गर्ने ३१ वर्षका सुजन घर्तीसमेत कालीगण्डकी नदीको खोचमा मृत अवस्थामा फेला परेका छन् । पुस २ गते भुरुङ तातोपानीबाट पोखरेबगरतर्फ मोटरसाईकलमा जाँदै गरेका घर्ती सम्पर्कविहीन भएका थिए ।

सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरबाट खटिएको गोताखोरसहितको टोली, नेपाल प्रहरी, घरपरिवार, आफन्तले कालीगण्डकी नदी किनारमा खोजी गर्दा नौनिबगरस्थित कालीगण्डकी नदीको खोँचमा घर्तीको शव फेला पारेको सूचना अधिकारी झाले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ८ : ४४ बजे

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने