इसाई धर्मको मूल्यमान्यता र आस्थाले विभेद अन्त्य गर्न सघाउ पुर्‍यायो : मुख्यमन्त्री शर्मा « Khabarhub

इसाई धर्मको मूल्यमान्यता र आस्थाले विभेद अन्त्य गर्न सघाउ पुर्‍यायो : मुख्यमन्त्री शर्मा


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट मुलुकमा धार्मिक स्वतन्त्रता प्राप्त भएको बताएका छन् ।

इसाई समाज सुर्खेतद्वारा ‘ख्रीष्टमस बडादिन तथा नव वर्ष २०२४’ को पूर्वसन्ध्यामा वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री शर्माले जनयुद्धको जगमा भएको जनआन्दोलन र नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट मुलुकले संविधान, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता प्राप्त गरेको बताए ।

ख्रीष्टमसलगायत पर्व एवं स्वतन्त्रताका साथ आफ्नो संवैधानिक अधिकार उपभोग गर्ने हक गणतान्त्रिक व्यवस्थाको उपलब्धि भएको उनको भनाई छ ।

इसाई धर्मको मूल्यमान्यता र आस्थाले विभेद अन्त्य गर्न सघाउ पुर्‍याएको बताएका मुख्यमन्त्री शर्माले खुशीसँग जोडिएको समृद्धि र सुखसँग जोडिएको आर्थिक सम्पन्नता अनि ‘समृद्ध कर्णाली, सुखारी कर्णाली’ को लक्ष्य पूरा गर्ने अभियानमा सबै धर्मावलम्बीको सहयोग आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  १० : ४६ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका