सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु | Khabarhub Khabarhub

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन्।

दुर्घटनामा घाइते भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही दुर्घटनामा घाइते भएका छन्।

जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ७ : ४९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको