घरआँगनमा पाइने मेथीका सात औषधीय गुण « Khabarhub

घरआँगनमा पाइने मेथीका सात औषधीय गुण



भान्सामा तरकारी वा अचार बनाउँदा प्रायः मेथीका दाना पड्काउने गरिन्छ । त्यसका साथै यसको पातलाई सागको रूपमा तरकारी बनाएर खाने चलन पनि छ । के तपाईलाई थाहा छ, जाडोमा यसले कति धेरै फाईदा गर्छ भनेर ? मेथी शारीरिक स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । यसको नियमित सेवनले धेरै समस्याबाट छुटकारा पाइन्छ । यदि तपाईं यसको गुण थाहा नपाई सेवन गरिरहनुभएको छ भने अब थाहा पाउनुहोस् यसका फाइदाहरू । जो असीमित छन् । जसका मुख्य सात फाइदा यसप्रकार छन्ः

१. कब्जियत हुन दिँदैन
खानपिनको सौखिनहरूलाई प्रायः पेटको समस्या भइरहेको हुन्छ । त्यसमा पनि कब्जियत र ग्यास्ट्रिकको बढी समस्या भएको पाइन्छ ।
मसलेदार खाना खाइसकेपछि मेथीको साग खाने गर्दा पाचन प्रणालीलाई सहज बनाउँछ र पेटमा ग्यास जम्न दिँदैन ।

२. पेट दुखाइ कम गराउँछ
भाइरस र ब्याक्टेरियाले पेटमा हुने दुखाइलाई कम गर्न मेथीको सेवन गर्दा राम्रो हुन्छ । यस्तो दुखाइ प्रायः बच्चामा बढी हुन्छ । त्यस्तो वेला दुखाइ हुँदा मेथीको पातको रस निकालेर प्रत्येक दिन एक चम्चा खुवाउँदा समस्या समाधान हुन सक्छ ।

३. कपाल चम्किलो बनाउन
मेथीको पातको पेस्ट बनाएर कपालमा लगाउँदा धेरै लाभदायक हुन्छ । पातलाई पिसेर कपालमा लगाउँदा कपाल कालो, बाक्लो हुनुका साथै टल्किने पनि हुन्छ ।
यसका साथै कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ । मेथीले कपाललाई चायाबाट पनि मुक्ति दिन्छ ।

४. मधुमेहलाई नियन्त्रण गर्छ
मधुमेहका बिरामीले मेथी सेवन गर्दा फाइदा हुन्छ । दैनिक रूपमा मेथीको पातको रस बनाएर खाँदा शरीरमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ ।

५. तौल घटाउँछ
मेथीको सब्जी वा यसको दाना दैनिक सेवन गर्नाले तौल नियन्त्रणमा राख्न मद्दत गर्छ । यसले शरीरमा भएको बोसोको मात्रालाई बिस्तारै कम गर्दै लान्छ । बोसोको मात्रा कम भएपछि शरीरको तौल आफैँ कम हुन्छ ।

६. रुघाखोकीबाट जोगाउँछ
मेथीको सेवनले रुघाखोकी लाग्नबाट बचाउँछ । दैनिक आफूलाई मन लाग्ने तरिकाले मेथीको सेवन गर्दा हुन्छ । यसले रुघाखोकीका साथै अन्य स्वास्थ्य समस्याबाट पनि जोगाउँछ ।

७. ज्वरो आउँदा हुने दुखाइ हराउँछ
रुघाखोकी, ज्वरो आउँदा मानिसको शरीर पनि दुख्छ । त्यो दुखाइलाई कम गर्न मेथीको दाना वा पात सेवन गर्नुपर्छ । मेथीमा रोगप्रतिरोधात्मक शक्ति बढाउने तत्व हुन्छ र त्यसले दुखाइ कम गर्छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ८ : ०४ बजे

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल