जुम्लाबाट शिक्षामा एकरुपता ल्याउन लागिपरेको छु | Khabarhub Khabarhub

जुम्लाबाट शिक्षामा एकरुपता ल्याउन लागिपरेको छु

‘जुम्लालाई स्याउ पकेट क्षेत्र बनाउँदै बजार व्यवस्थित गर्नुछ’


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-कर्णाली प्रदेश जुम्ला जिल्ला अहिले पनि विकट र धेरै अभावले पछाडि परेको ठाउँका रुपमा चित्रण गरिन्छ । तर पछिल्लो जुम्लामा अर्गानिक उत्पादन र कृषि तथा पर्यटन क्षेत्रले विस्तारै विकासको बाटो समातेको छ । यसका पछाडि स्थानीय जनप्रतिनिधि धेरै सक्रिय भएर लागेका छन् । यसै विषयमा जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीसँग आशुतोश अर्यालले गरेको कुराकानीको सम्पादित अंश:

जुम्लाको हिमा गाउँपालिकालाई कसरी चिनाउनु हुन्छ ?
नेपालको इतिहासमा खस भाषाको वा राष्ट्रिय भाषाको उत्पत्ति भएको जिल्ला सिन्जा हो । सिञ्जा सभ्यता भनेर विश्व सव्यताका साथ असाध्यै चर्चाका साथ हेर्ने चलन छ । हिमा गाउँपालिका,सिञ्जा गाउँपालिका र कनका सिञ्जा गाउँपालिका मिलेर सिञ्जा उपत्यका बनेको छ । यसलाई महाभारतमा पाण्डवहरू एक वर्ष गुप्त बास बसेको र कनकासुन्दरी माताको धार्मिक र पर्यटकीय हिसाबले पनि निकै महत्वपूर्ण छ । त्यसको क्षेत्रमा कालिकोट र राराको मूल बाटोको सुरुवातमा हाम्रो हिमा गाउँपालिका छ । धार्मिक, सांस्कृतिक, परम्परागत हिसाबले हिमा गाउँपालिका प्रख्यात छ ।

पर्यटकलाई लोभ्याउने हिमा गाउँपालिकामा त्यस्ता के विशेषता छन् अरु ?
जुम्ला जिल्ला विश्वको सबै भन्दा उचाइमा धान फल्ने जिल्ला हो । जुम्लाको गुरु चन्दननाथ भैरव नाथ भनेर धार्मिक हिसाबले ठुलो महिमा छ । खसारेहरुको उद्गम स्थल हो । राष्ट्रिय भाषाको उद्गम स्थान हो । ७५३ वटा स्थानीय तह मध्ये हिमा गाउँपालिका धार्मिक महत्व बोकेको पालिका हो ।

स्थानीय समस्या र पूर्वाधार समस्या कस्तो छ ?
संविधानको मर्म र भावना अनुसार तिन सरकार, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको जुन परिकल्पना गरिएको छ त्यसमा जनताको सबै भन्दा नजिकको सम्बन्ध स्थानीय सरकारसँग हुन्छ । दिनानुदिन भएका जनताका समस्याहरुलाई सम्बोधन गर्ने काम स्थानीय सरकारले गर्नु पर्दछ । जेठ ६ गते मैले त्यहाँको पदभार गर्दै गर्दा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारहरूमा कसरी सुधार गर्न सकिन्छ भनेर लागे । मैले पहिलो दिनमै सुत्केरी महिलाहरूमा समस्या देखे र त्यसलाई समाधान गर्न निःशुल्क बिमा कार्यक्रम सञ्चालन गरे । दोस्रो दिन सुत्केरी महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा राखे । पैसाको अभाबको कारणले ज्यान गुमाउनु पर्ने अवस्था छ, त्यसलाई कम गर्न मैले हाम्रो गाउँपालिकाको प्रत्येक नागरिकको बिमा गरेको छु । सामुदायिक विद्यालय, स्वास्थ्य चौकी वा सरकारी कार्यालयहरुमा जोडिएका सेवाग्राहीलाई छिटो छरितो कार्य गर्न लगाएका छौँ । वडा कार्यालयको व्यवस्थापन गरे ।

आर्थिक तथा सामाजिक अवस्था कस्तो छ ?
भौगोलिक विकासको हिसाबले सिंगो कर्णाली पछाडि छ । तर हिजोको दिनमा भन्दा आज शिक्षा र स्वास्थ्यमा धेरै लागि परेका छौँ । हाम्रो स्थानीय निकायले पाउनु पर्ने खर्च पर्याप्त मात्रामा छैन । केन्द्र सरकारले दिएको अनुदानले नै हामीले सबै व्यवस्थापन गर्नु पर्ने अवस्था छ । केन्द्र सरकारले पनि केन्द्रमा परेका ठाउँलाई हेर्ने तर बिकटका जिल्लाहरूमा पनि एउटै तरीकाले हेर्नु पर्याे । मेरो गाउँपालिकाको ५ गाउँमा यातायात पुगेको छैन । दुई गाँउको छेउ छेउमा मात्र पुगेको छ । १८ वटा गाउँमा मात्र पूर्ण रूपमा यातायात पुगेको छ । हिउँदमा हिउँले छोप्ने वर्षको बेलामा बाढी पहिलो आउने समस्या छ । केन्द्र र प्रदेश सरकारले ती पिछडिएका बस्तीलाई आम रूपमा हेर्दा अन्याय हुन्छ । अलि ध्यान दिनु पर्याे ।

हाम्रो आवश्यकता यो हो भनेर सम्बन्धित निकायमा पुग्नु भएको छैन ?
हाम्रो राजनीतिक अस्थिरताका कारण हाम्रा मागहरू समेटिएका छैनन् । भूगोल र स्थानीय तहले हिसाबले जुन पछाडि परेका ठाउँहरू छन् त्यसमा केन्द्रीय सरकारले दिने सुविधाहरु राज्यको नजिक रहेको सचिवहरूको नजिक रहेका ठाउँमा मात्र विकास हुने भयो त्यो अन्त्य हुनु पर्याे । निर्वाचन आयोगले निर्वाचन खर्च पेस गर्नु पर्ने भनेको थियो । तर त्यो नबुझाएको हुँदा आयोगले जरिवाना स्वरूप उसले ठुलो धनराशि लिन्छ । त्यसलाइ हामी यो एक पटकलाई मिनाहा गर्न प्रयास गरौँ । कानुनी रूपमा प्रक्रिया नमिले पहिला निर्वाचन हुनु पुर्ब १५ दिन अगाडि नै बुझाउनु पर्ने व्यवस्था गर्नु पर्याे भनेका छौँ ।

देशव्यापी रुपमा युवा पलायन छन्, तपाईँको पालिकामा कस्तो छ ?
हाम्रो पालीकामा हिजो भारतमा जाने प्रचलन थियो आज पनि छ । त्यसमा हामीले कसरी रोजगारी सिर्जना गराउने भनेका त छौ तर यो चमत्कारी रूपमा त भइहाल्दैन । त्यसको लागि युवाहरुलाई बाख्रा पालन, पर्यटन विकास र युवाहरुमा पनि कसरी देशमा रमाउने, यो माटोमा रमाऊ, केही गरेर देखाउ भन्ने धारणा बिकास होस भनेर हामी अगाडी बढीरहेका छौँ । कृषिमा आधुनिकता ल्याउन लागि परेका छौँ । जुम्लामा धेरै स्याउ फल्छ । त्यसमा हामीले आधुनिकीकरण गर्ने, अनुगमन गर्ने र फलेको स्याउलाई बजार व्यवस्थापन गर्ने भनेर कार्यक्रम गर्ने भनेका छौँ । अन्य नगदे बाली, सिमी मार्सि धान लगायतका सामग्री फल्छन् ।

बजार कस्तो छ ?
अहिले जुन तरीकाले कृषि गरिन्छ, त्यसमा बढी उत्पादन गरौँ । बढी लाभ होस् भनेर हामीले प्राविधिक साथिहरुलाई माटो परीक्षण गरौँ भनेर लागि परेका छौ । हामीले कसरी लगानी गर्दा कृषकहरूलाई बढी लाभ हुन्छ भनेर त्यता लाग्ने छौँ । अब कोही किसानले पनि आफ्नो जग्गा बाँझो राख्न पाउने छैन । यदि राख्यो भने उसलाई स्थानीय निकायबाट दिने सेवा सुविधा दिइने छैन भनेका छौँ । नगदे बाली धेरै लगाएर कृषकलाई माथि लैजान सकिन्छ भनेर लागि परेका छौँ ।

योजना अनुसार काम गर्न स्रोत र साधनले धान्छ ?
पहिला त हामीले सन्देश प्रवाह गर्ने हो । सबैलाई लगानी गरेर गर्न त गाउँपालिकाले सक्दैन । त्यसको लागि प्रदेश र सङ्घीय सरकारले बढी कृषिमा लगानी गर्नु पर्दछ । जुम्लालाई स्याउ पकेट क्षेत्र बनाऊ र बजारको सुनिश्चितता गरौँ । हाम्रो माग भनेको केन्द्र र सङ्घीय सरकारले कृषकलाई एउटा मन छुने कार्य गर्नु पर्याे । योजना बनाएर मात्र भएन कार्यान्वयन गर्नु पर्याे ।

आफ्नो पाँच वर्षे कार्यकालमा गर्ने मुख्य योजना के के छन् ?
सबै विद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्न म लागि पर्छु । धनी र गरिब पढ्ने, बोर्डिङ र सरकारी विद्यालयमा एकरुपता ल्याउँछु ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १० : ३९ बजे

साउने सङ्क्रान्तिमा सुनसान देवघाटधाम

नारायणगढ– साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम आज

आजका समाचार : बधाई थाप्दै ओली, सत्ता गुमेपछि समाजवादी मोर्चातिर प्रचण्ड, रवि पुगे सिमलताल

‘सरकार चलाएको अनुभव छ, अब देशको अवस्था फेर्नेतिर लाग्छु’ प्रधानमन्त्री

समाजवादी मोर्चाको चिन्ता : कांग्रेस-एमाले मिलेर देशलाई पश्चगमनितर लैजान्छन्

काठमाडौं– नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले नेपाली कांग्रेस र

प्रधानसेनापति र अष्ट्रेलियाकी राजदूत भोल्कबीच भेट, दुई पक्षीय सम्बन्धका विषयमा छलफल

काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाका महामहिम राजदूत

आरजु राणा : किसानकी छोरीदेखि मनोविद्सम्म

काठमाडौं- सांसद आरजु राणाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत