‘ल्होसारले बन्धुत्व कायम गर्न मद्दत पुगेको छ’ « Khabarhub

‘ल्होसारले बन्धुत्व कायम गर्न मद्दत पुगेको छ’


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले तामाङहरूको महान् पर्व ‘सोनाम ल्होसार २०७९’का अवसरमा स्वदेश/विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “जातीय तथा सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा तामाङ समुदायले यस पर्वलाई नयाँ वर्ष तथा न्वागी पूजाका रूपमा हर्षोल्लासपूर्वक धुमधामसँग मनाउने गर्दछन् । जसले आपसी मनोरञ्जन दिनुका साथै हामीबीचको बन्धुत्व, सद्भाव र पारस्पारिकता कायम गर्न मद्दत पुगेको छ ।”

मुलुकमा प्रचलित यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नु हाम्रो दायित्व भएको उनले बताएका छन् । प्रदेश प्रमुख परियारले तामाङ समुदायको यस पर्वले सबै नेपालीमा नयाँ उमङ्ग ल्याउन र शान्तिको सन्देश फैलाउँदै राष्ट्रिय एकता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन्।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १० : ०९ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)