सिद्धार्थनगरमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न « Khabarhub

सिद्धार्थनगरमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क शारीरिक अपाङ्गता परीक्षण स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपाङ्ग बाल अस्पताल तथा पुरस्थापन केन्द्रको आयोजनामा भीम अस्पतालमा सम्पन्न निःशुल्क शारीरिक अपाङ्गता परीक्षण शिविरमा बालबालिका सहित ५३ जनाले सेवा लिएको नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् ।

शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुरस्थापन केन्द्रबाट खटिएका अनुभवी चिकित्सकद्धारा परीक्षण गरिएको थियो । ‘शारीरिक अपाङ्गता भए पनि सर्वसाधारणले अनुभवी चिकित्सकद्धारापरीक्षण समेत गराउन नसकेको अवस्था थियो’ उपप्रमुख अधिकारीले भनिन्, ‘शिविर सञ्चालनले सेवा लिएका सर्वसाधारण लाभान्वित भएका छन् ।’

उनले शिविरको क्रममा शारीरिक अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण पश्चात् आवश्यकता अनुसार २० जनालाई अर्थोपेडिक सामग्री, २ जनालाई व्हीलचेयर, ३ जनालाई वाकर, ४ जना वैशाखी समेत उपलब्ध गराइएको बताइन् ।‘शिविरमा सेवा लिन आएका व्यक्तिहरुको परीक्षण गर्दा दश जनाको अपरेसन गर्नुपर्ने देखिएको छ’ उनले भनिन्, ‘अब उनीहरूको निःशुल्क अपरेसन समेत हुन्छ, जसका लागि नगरपालिकाको कार्यालयबाट आवश्यक प्रक्रिया अघि बढाउँछौँ ।’

उनका अनुसार उक्त शिविरको परीक्षण मार्फत दुई जना व्यक्तिहरूलाई कृत्रिम अंगको आवश्यक देखिएकोले उनीहरूको अंगको नाप लिइएको र कृत्रिम अंगको तयारी पश्चात् निःशुल्क उपलब्ध गराइने छ । सम्पन्न शिविर १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरिए पनि शिविरमा सेवा लिन आएका सो उमेर समूहभन्दा माथिका सर्वसाधारणलाई समेत सेवा दिइएको सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीले बताइन् ।

शिविरमा हात र खुट्टासँग सम्बन्धित शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरू परीक्षणका लागि बढी आएको अपाङ्ग बाल अस्पताल तथा पुरस्थापन केन्द्रको रुपन्देहीका सामाजिक परिचालक राजाराम चौधरीले बताए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १२ : ४५ बजे

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष

ट्याक्टरको ठक्करबाट मृत्यु

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा एक जनाको

चितवनमा तेरीको उत्पादन घट्यो

चितवन– जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका