स्पेनमा प्रधानमन्त्री पेड्रो सान्चेजको वामपन्थी सरकारविरुद्ध व्यापक प्रदर्शन « Khabarhub

स्पेनमा प्रधानमन्त्री पेड्रो सान्चेजको वामपन्थी सरकारविरुद्ध व्यापक प्रदर्शन


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली मुलुक स्पेनको राजधानी मड्रिडमा शनिबार प्रधानमन्त्री पेड्रो सान्चेजको वामपन्थी सरकारविरुद्ध व्यापक प्रदर्शन भएको छ । चरम दक्षिणपन्थी पार्टी भोक्सले समर्थन गरेको प्रदर्शनमा हजारौं मानिस भेला भएका थिए । चुनाव हुन लागेको वर्ष स्पेनमा सरकार विरोधी प्रदर्शन चर्किएको हो ।

पहेँलो र रातो स्पेनी झण्डा फहराउँदै प्रदर्शनकारीले प्रधानमन्त्री सान्चेजको राजीनामा माग गरेका छन् । प्रदर्शनमा सहभागि कतिपयले समाजवादी प्रधानमन्त्रीको तस्वीरसहित उनलाई ‘देशद्रोही’ को संज्ञा दिएका थिए । र्‍यालीका लागि म्याड्रिडको सिबेलेस स्क्वायरमा करिब ३० हजार जना भेला भएको केन्द्रीय सरकारको प्रतिनिधिमण्डलले जनाएको छ ।

आयोजकले प्रदर्शनमा करिब ७ लाख मानिसहरूले भाग लिएको दाबी गरेका छन् । देशको प्रमुख विपक्षी कन्जरभेटिभ पार्टी भोक्स र पपुलर पार्टी पीपीलगायत दक्षिणपन्थी पार्टीका समर्थकहरु प्रदर्शनमा भेला भएका थिए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : ४३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी