कावासोतीमा सामूहिक आलुखेती सुरु « Khabarhub

कावासोतीमा सामूहिक आलुखेती सुरु


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वी नवलपरासीको कावासोती नगरपालिका–६ का किसानले समूह बनाएर नगदेबालीका रुपमा रहेको आलुखेती सुरु गरेका छन् । विगतका वर्षहरुमा निर्वाहमुखी आलुखेती गर्ने गरेका यस ठाउँका किसानले यस वर्ष करिब तीन बिघा जमिन भाडामा लिएर सामूहिक रुपमा आलुखेती गरेका हुन् ।

कावासोती नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषक समूहको ५० प्रतिशत गरेर पाँच लाख रुपैयाँको लगानीमा आलुखेती गरिएको परिवर्तन कृषक समूहका अध्यक्ष मणिप्रसाद न्यौपानेले जानकारी दिए । ३५ जनाको समूह बनाएर आधुनिक पद्धतिबाट व्यावसायिक आलुखेती गरिएको न्यौपानेले बताए ।

विगत वर्षमा थोरै जमिनमा पुरानै तरिकाले आलुखेती गर्दा खासै प्रतिफल नआउएको बताउँदै समूहकी कोषाध्यक्ष कुन्तिकला अधिकारीले यस पटक सामूहिक रुपमा कृषि प्राविधिकको सहयोगमा आधुनिक तरिकाले आलुखेती गरिएकाले राम्रो प्रतिफल पाउने विश्वास व्यक्त गरिन् । नगरपालिकाको अनुदानमा सामूहिक रुपमा खेती गरिएपछि कृषि प्राविधिकको सहयोग पनि राम्रो पाएको उनको भनाइ थियो ।

सामूहिक रुपमा उत्पादन गरिएको आलु स्थानीय बजारमै बिक्री गर्ने समूहको तयारी छ । अहिले किसानले आलु गोडमेल गरिरहेको समय भए पनि स्थानीय व्यापारी आलु खरिदका लागि अग्रिम सम्पर्कमा आउने गरेका समूहका अध्यक्ष न्यौपानेले बताए । जिल्ला सदरमुकाम कावासोती बजारबाट करिब दुई÷तीन किलोमिटरको दूरीमा उत्पादन गरिएको आलुले सहजै बजार र राम्रो मुल्य पाउने उनले विश्वास व्यक्त गरे ।

केही वर्षपहिले केराखेती गरेर आम्दानी गर्ने गरेका किसान पछिल्लो समय भने स्थानीय बजारमा आलुको माग बढ्दै गएको र स्थानिय तहले आलुखेतीमा अनुदान दिन सुरु गरेपछि सामूहिक रुपमा आलुखेतीतर्फ आकर्षित भएका हुन् । यस क्षेत्रको माटो आलुका लागि राम्रो र स्थानीय बजार कावासोती, डण्डा, दलदले र नारायणघाटबाट यस क्षेत्रको आलु माग बढेकाले पनि किसान आलुखेतीतर्फ आर्कषित भएका कृषि प्राविधिकको भनाइ छ ।

गत वर्ष जिल्लामा तीन हजार एक सय १५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । यस वर्ष थप ६० हेक्टर जमिनमा आलु खेती विस्तार भएको छ । गएको वर्ष जिल्लाभर ५५ हजार दुई सय ४५ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : ४८ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार