गेडागुडीमा जडीबुटी मिसाएर खाँदा जुम्लामा एक जनाको मृत्यु « Khabarhub

गेडागुडीमा जडीबुटी मिसाएर खाँदा जुम्लामा एक जनाको मृत्यु


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जुम्लाको चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ । तीन जना बिरामी भएका छन् ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय दीपक रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया र ३० वर्षीय पारस धराला बिरामी परेका छन् ।

बिरामी सबै तिल रोकायाको घर बनाउन आएका मिस्त्री थिए । गेडागुडी खाँदा एक्कासी बेहोस भएपछि उपचारका लागि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

गेडागुडीमा हालिएको जडीबुटीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  २ : १८ बजे

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन