सीमा क्षेत्रबाट अवैध खसीबोका बरामद « Khabarhub

सीमा क्षेत्रबाट अवैध खसीबोका बरामद


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुपन्देहीमा सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएसँगै भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका खसीबोका सशस्त्र प्रहरीले बरामद गरेको छ । भन्सार छलेर नेपाल आयात गरिएका खसीबोका सशस्त्र प्रहरी बल नेपाल, बीओपी बयरघाटले नियन्त्रणमा लिएर भन्सार पठाएको हो । अवैध रुपमा मासुजन्य वस्तुको आयातमा थप कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरी सक्रिय भएको हो ।

भारतबाट भित्रिएका मासुजन्य पशुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको भन्दै गृह मन्त्रालयले अवैध रुपमा नेपाल भित्रिने त्यस्ता वस्तुकोे आयात रोक्न सरोकारवाला निकायलाई निर्देशन गरेको थियो ।

भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा लुम्बिनी सांस्कृतिक नगरपािलका १२ कालिदह आज्मा क्षेत्रबाट सशस्त्र प्रहरी निरिक्षक तेजराज शर्माको कमाण्डले ७ वटा खसीबोका बरामद गरेको हो । व्यवसायिक प्रयोजनका लागि अवैध रुपमा खुला सीमा नाका हुँदै लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा करिब २ लाख रूपैयाँ बराबरको खसीबोका बरामद गरी भन्सार पठाइएको सशस्त्र प्रहरी निरिक्षक शर्माले जानकारी दिए ।

पूर्ण रुपमा तस्करी न्यूनीकरण अभियानमा लागेको सुरक्षा निकायले तस्करको सम्भावित क्षेत्रको पहिचान गरी सीमा विन्दुमै कडाइ गरेको छ । पछिल्लो ५ महिनाको अवधिमा मात्रै यो क्षेत्रबाट एक करोड बराबरको अवैध चोरी पैठारीका चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किराना लगायतका सामान नियन्त्रणमा लिई भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल, बीओपी बयरघाटले जानकारी दिएको छ ।

सरकारले आर्थिक वर्ष २०७७/७८ देखि खसी, बोका र राँगा आयातमा रोक लगाउने निर्णय गरेको थियो । खुला सीमा नाकाबाट भारतीय खसीबोकाको आयातमा रोक लगाएसँगै ग्रामीण क्षेत्रका नाकाबाट तस्करी बढेको छ । सरकारले भारतबाट स्वास्थ्य प्रमाणपत्र नलिई ल्याइएका पशुपंक्षी, पशु उत्पादन सामग्री तथा पशुजन्य पदार्थको क्वारेन्टाइन नगर्ने नीति कार्यान्वयन गरेपछि खसीबोका तस्करी हुन थालेको हो ।

राजश्व संकलनमा पनि कमी आएको भन्दै सिमा सुरक्षा र अवैध चोरी निकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सिमा विन्दुमै सक्रियता बढाएको हो ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  २ : ५६ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै