रुपन्देहीमा प्रदेशस्तरीय युवा प्रतिभा खोजी तथा प्रोत्साहन कार्यक्रम सम्पन्न « Khabarhub

रुपन्देहीमा प्रदेशस्तरीय युवा प्रतिभा खोजी तथा प्रोत्साहन कार्यक्रम सम्पन्न


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुपन्देही जिल्लास्तरीय युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रमअन्तर्गत भएको कार्यक्रममा सियारी ७ अमुवाका सुजन पौडेल प्रदेशस्तरीय कार्यक्रमका लागि छनौट भएका छन् । सियारी गाउँपालिकाको आयोजना भएको प्रतियोगितामा प्रथम हुँदै प्रदेशस्तरीय कार्यक्रमका लागि छनौट भएका हुन् । प्रतियोगितामा सियारी ३ का निरङकर भुज द्वितीय भए भने सियारी ५ का सञ्जय मुराउ तृत्तीय भए ।

कार्यक्रममा सहभागिताका लागि रुपन्देहीका सबै स्थानीय पालिका, क्याम्पस, स्कूल तथा १६ देखि ४० बर्ष उमेर समुहका युवायुवतीले भाग लिन सक्ने गरी सियारी गाउँपालिकाले सूचना जारी गरी युवाहरुको नयाँ नयाँ प्रतिभाको खोजी गरेको थियो । युवाहरुको प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सियारी, शुद्धोधन र बुटवलका ७ जना युवायुवतीले भाग लिएका थिए । कार्यक्रममा भाग लिएका युवायुवतीले आफूले तयार गरेको नवप्रवर्तनात्मक विचार, प्रविधिको प्रदर्शनी तथा प्रस्तुतीकरण गरेका थिए ।

प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गरेका प्रतियोगिले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए । सियारीमा भएको युवा प्रतिभाहरुको खोजी कार्यक्रमले युवायुवतीको प्रतिभाले सियारीको विकासमा थप टेवा पुर्याउने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ३ : ०७ बजे

क्रिकेट मैदानमा प्रधानमन्त्री बालेनको फ्लाइङ किस (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सुदूरपश्चिमले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

कर्णालीको हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

काठमाडौँ – कर्णाली प्रदेशको पहाडी क्षेत्रमा देखिएका हवाई उडानसम्बन्धी समस्या

एकै ओभरमा सुदूरपश्चिमले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स