धेरै क्रान्ति भए तर देशले राजनीतिक स्थिरता पाउन सकेन : पूर्वराष्ट्रपति यादव « Khabarhub

धेरै क्रान्ति भए तर देशले राजनीतिक स्थिरता पाउन सकेन : पूर्वराष्ट्रपति यादव


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् ।

मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति यादवले भने, “नेपालमा विसं २००७, २०१७ साल र त्यसपछि पनि धेरै क्रान्ति भए । देशमा संविधान पनि राम्रै बन्यो, मैले त्यसमा भूमिका राम्रै निर्वाह गरे तर देशले अझै पनि राजनीतिक स्थिरता पाउन सकेको छैन, जनतालाई आड भरोसा र विश्वास दिलाउन सकिएको छैन । जनताको तहसम्म परिवर्तन पुगेको छैन ।”

असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने बताउँदै उनले स्व. राणाका छोरा असल रहेको नमूना प्रस्तुत गरेको चर्चा गरे । पूर्वराष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही ५१ हजार रुपैयाँसहित वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर बिरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरेका थिए ।

नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरी, कांग्रेस नेता एवं पूर्वसांसद लेखनाथ न्यौपाने, कांग्रेस भक्तपुर सभापति एवं सांसद दुर्लभ थापाले स्वर्गीय राणाको दिएको असल संस्कार र योगदानले कर्मठ सन्तान पाएको भन्दै राणा परिवारले गरेको राजनीति, सामाजिक सेवाका कर्मले समाजलाई योगदान पुर्‍याएको चर्चा गरे । सम्मानित व्यक्तित्वहरु साहित्यकार गौतम, पत्रकार विरही र बस्नेतले प्रतिष्ठान स्थापना, यसले सुरु गरेको असल कामबाट सबैलाई प्रोत्साहन मिल्ने बताएका थिए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ५ : ३४ बजे

पोखरा महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

काठमाडौँ – सरकारले आधा दशक लगाएर बनाएको सिस्नेखोला–नागढुङ्गा (२.६८८किलोमिटर) सुरुङमार्ग

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरस्थित प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको