अमेरिकी राष्ट्रपति बाइडेनको निवासमा एफबीआईको खानतलासी, ‘गोप्य’ लेखिएका दस्तावेज बरामद « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनको निवासमा एफबीआईको खानतलासी, ‘गोप्य’ लेखिएका दस्तावेज बरामद


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईले राष्ट्रपति जो बाइडेनको डेलावेयर राज्यको विल्मिङ्टनस्थित निवासमा खानतलास गरेको छ । खोजबिनका क्रममा ‘गोप्य’ लेखिएका केही दस्तावेज र उनका हस्तलिखित टिपोट एफबीआईले आफ्नो स्वामित्वमा लिएको राष्ट्रपतिका वकिलले बताएका छन् ।

राष्ट्रपति बाइडेनले स्वैच्छिकरूपमा एफबीआईको टोलीलाई खानतलासका लागि अनुमति दिएको बताइएको छ । एफबीआईको उक्त टोलीले खानतलासीको पूर्जी प्रस्तुत नगरे पनि यस किसिमको विशिष्ट प्रकृतिको खानतलासीले राष्ट्रपतिलाई अप्ठ्यारोमा पारेको छ ।

टोलीले बाइडेन उपराष्ट्रपति रहेको समयका छ वटा गोप्य दस्तावेज विल्मिङटन निवासको पुस्तकालयबाट फेला पारेको छ । राष्ट्रपतिले पुस्तकालयलगायत स्थानमा केही नभएको अनुसन्धान टोलीलाई बताएका थिए । आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्पको अशान्तिपूर्ण बहिर्गमनपछि अमेरिकी जनतामाझ आफ्नो सतचरित्रयुक्त छवि चित्रणको प्रयासमा रहेका राष्ट्रपति बाइडेनलाई यस खानतलासीबाट ठेस लागेको विश्लेषण गरिएको छ ।

१३ घण्टा लामो खोजबिनका क्रममा ‘गोप्य’ लेखिएका छ वटा दस्तावेज अनुसन्धान टोलीले आफ्नो नियन्त्रणमा लिएको राष्ट्रपतिका निजी कानून व्यवसायी बब बउरले बताएका छन् । टोलीले लिएका दस्तावेज कति गोप्य हुन् भन्ने स्पष्ट भएको छैन । अनुसन्धान टोलीले लिएका दस्तावेज कानून मन्त्रालयले समीक्षा गर्नेछ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ६ : ३० बजे

धरानमा बालबालिका सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर