नेपालगञ्ज-मानसरोवर माउन्टेन फ्लाइट गर्न बुद्ध एयरसँग सम्झौता | Khabarhub Khabarhub

नेपालगञ्ज-मानसरोवर माउन्टेन फ्लाइट गर्न बुद्ध एयरसँग सम्झौता


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपालगञ्ज–मानसरोवर ‘माउन्टेन फ्लाइट’का लागि बुद्ध एयरसँग सम्झौता भएको छ । माघ १५ गतेदेखि नेपालगञ्जमा हुने वेष्टर्न ट्राभल मार्टका क्रममा पहिलोपटक नेपालगञ्ज–कैलाश मानसरोवर माउन्टेन फ्लाइट हुने निश्चित भएको हो ।

आइतबार बुद्ध एयर र वेष्टर्न ट्राभल मार्टबीच माघ १६ गते माउन्टेन फ्लाइट गर्ने सम्झौता भएको मार्टका संयोजक तथा नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

‘वेष्टर्न ट्राभल मार्टका क्रममा नेपालगञ्ज–मानसरोवर माउन्टेन फ्लाइट हुने निश्चित भएको छ’ आयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले भने, ‘माघ १६ गते पश्चिम नेपालकै पहिलो माउन्टेन फ्लाइटका रुपमा नेपालगञ्ज–मानसरोवर उडान हुनेछ । यो पश्चिम नेपालको पर्यटनमा नयाँ आयाम हो ।’

माघ १६ गते हुने पहिलो फ्लाइटमा नेपाली पर्यटन क्षेत्रका सरोकारवाला, पर्यटनकर्मी, नेपाल तथा भारतबाट आउने पर्यटन व्यवसायी नेपालगञ्जबाट बुद्ध एयरको माउन्टेन फ्लाइट चढेर मानसरोवर दर्शन गर्नेछन् । यो माउन्टेन फ्लाइटले भारतीय पर्यटकलाई मानसरोवर दर्शन गर्न ठूलो सहयोग गर्ने र पश्चिम पर्यटक भित्र्याउन ठूलो भूमिका खेल्ने अपेक्षा छ ।

माउन्टेन फ्लाइटका क्रममा कैलाश मानसरोवसँगै रारा ताल र शे–फोक्सुन्डो ताल पनि हेर्न सकिनेछ ।

पश्चिम नेपालको पर्यटन प्रवर्द्धन र विकासका लागि गएको वर्षदेखि सुरु भएको वेष्टर्न ट्राभल मार्ट यसपटक माघ १५ गतेदेखि १७ गतेसम्म नेपालगञ्जमा हुन लागेको हो । नेपाल पर्यटन बोर्डको सहयोग र नाट्टा बाँके च्याप्टरको आयोजनामा सुरु हुने मार्टमा काठमाडौँसहित सातै प्रदेशका पर्यटन व्यवसायी र सरोकारवाला सहभागी हुनेछन् ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ६ : ३० बजे

इटहरी गोल्डकपः उपाधि मच्छिन्द्र क्लबलाई

सुनसरी – पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि

संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छः नेता कोइराला

कास्की – नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले राज्य सञ्चालन गर्ने

क्यानभासमा स्वयम्भू !

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको महत्वपूर्ण क्षेत्र स्वयम्भूलाई

राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

कैलाली – कैलालीको गौरीगङ्गामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल

पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप

काठमाडौं – ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका प्रदर्शनकारी र