आर्थिक विकास र समृद्धि आजको आवश्यकता : मन्त्री राई | Khabarhub Khabarhub

आर्थिक विकास र समृद्धि आजको आवश्यकता : मन्त्री राई


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले देशको आर्थिक विकास, समृद्धि र आर्थिक रूपान्तरण आजको आवश्यकता रहेको बताएका छन् । उनले आर्थिक रूपान्तरण गर्न सबैजना जुट्नुपर्ने धारणा राखे ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको तमु सोनाम तथा ग्याल्वो ल्होछार शुभकामना कार्यक्रममा मन्त्री राईले देश माथि उठाउन सबैजना एक हुनुपर्ने बताए। नेपाल बहुजाति र बहुभाषी देश भएकाले यो देश माथि उठाउन धर्म तथा संस्कृतिलाई बचाउनुपर्ने बताए ।

उनले भने, “चार्डपर्व मनाउँदा हिजोको तुलनामा अझ राम्रो र व्यवस्थित ढङ्गले मनाउँदै आएका छौँ । सबैजना रमाउँदै आएका छौँ । चाड मनाउँदा पनि हामीले आर्थिक रूपान्तरण गर्नुपर्छ । स्थानीय उत्पादनलाई राष्ट्रियरूपमा बजारीकरण गर्नु आजको आवश्यकता हो, त्यसतर्फ हामीले ध्यान दिनुपर्छ ।”

बूढानीलकण्ठ नगरप्रमुख मिठाराम अधिकारीले नयाँ संस्कार र संस्कृतिको प्रभाव बढ्दै जाँदा आफ्ना मौलिक संस्कृति हराएर जाने खतरा देखेपछि मौलिक, कला, परम्परा, संस्कृति संरक्षणमा नगरपालिका जागरुक बनेको बताए । उनले हाम्रा संस्कार संस्कृतिहरू समाजका नागरिकको जीवन पद्धतिको तरिका रहेको भन्दै सबैले आ–आफ्ना संस्कृति, संस्कार मान्यताको संरक्षण गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रम संयोजक तथा नगर उपप्रमुख अनिता लामाले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन नसकेको अवस्थामा आफ्ना परम्परागत संस्कृति लोप हुन नदिन नगरपालिकाले कार्यक्रम आयोजना गरेको बताए । धर्म र संस्कृतिलाई राष्ट्रिय पूँजी बनाउनु पर्ने उपप्रमुख लामाको भनाइ छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ८ : ०५ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने