आर्थिक विकास र समृद्धि आजको आवश्यकता : मन्त्री राई « Khabarhub

आर्थिक विकास र समृद्धि आजको आवश्यकता : मन्त्री राई


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले देशको आर्थिक विकास, समृद्धि र आर्थिक रूपान्तरण आजको आवश्यकता रहेको बताएका छन् । उनले आर्थिक रूपान्तरण गर्न सबैजना जुट्नुपर्ने धारणा राखे ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको तमु सोनाम तथा ग्याल्वो ल्होछार शुभकामना कार्यक्रममा मन्त्री राईले देश माथि उठाउन सबैजना एक हुनुपर्ने बताए। नेपाल बहुजाति र बहुभाषी देश भएकाले यो देश माथि उठाउन धर्म तथा संस्कृतिलाई बचाउनुपर्ने बताए ।

उनले भने, “चार्डपर्व मनाउँदा हिजोको तुलनामा अझ राम्रो र व्यवस्थित ढङ्गले मनाउँदै आएका छौँ । सबैजना रमाउँदै आएका छौँ । चाड मनाउँदा पनि हामीले आर्थिक रूपान्तरण गर्नुपर्छ । स्थानीय उत्पादनलाई राष्ट्रियरूपमा बजारीकरण गर्नु आजको आवश्यकता हो, त्यसतर्फ हामीले ध्यान दिनुपर्छ ।”

बूढानीलकण्ठ नगरप्रमुख मिठाराम अधिकारीले नयाँ संस्कार र संस्कृतिको प्रभाव बढ्दै जाँदा आफ्ना मौलिक संस्कृति हराएर जाने खतरा देखेपछि मौलिक, कला, परम्परा, संस्कृति संरक्षणमा नगरपालिका जागरुक बनेको बताए । उनले हाम्रा संस्कार संस्कृतिहरू समाजका नागरिकको जीवन पद्धतिको तरिका रहेको भन्दै सबैले आ–आफ्ना संस्कृति, संस्कार मान्यताको संरक्षण गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रम संयोजक तथा नगर उपप्रमुख अनिता लामाले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन नसकेको अवस्थामा आफ्ना परम्परागत संस्कृति लोप हुन नदिन नगरपालिकाले कार्यक्रम आयोजना गरेको बताए । धर्म र संस्कृतिलाई राष्ट्रिय पूँजी बनाउनु पर्ने उपप्रमुख लामाको भनाइ छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ८ : ०५ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको