महिलालाई काममा बन्देज गर्ने निर्णय पुनर्विचार गर्न तालिबानलाई ओआईसीको आग्रह « Khabarhub

महिलालाई काममा बन्देज गर्ने निर्णय पुनर्विचार गर्न तालिबानलाई ओआईसीको आग्रह


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इस्लामिक मुलुकहरुको अन्तर्राष्ट्रिय संस्था इस्लामिक सहयोग संगठन ओआईसीले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानलाई गैर सरकारी संस्थामा महिलालाई काम गर्न प्रतिबन्ध लगाउने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेको छ ।

ओआईसीले महिलालाई गैर सरकारी संस्था र विद्यालयबाट बञ्चित गर्नु ‘अल्लाहका दूत र इस्लामिक कानूनको भावनाविपरीत’ रहेको भन्दै निर्णय पुनर्विचार गर्न तालिबानसमक्ष आग्रह गरेको हो ।

यसबाहेक ओआईसीले अफगानिस्तानमा मानवीय अवस्था अझ खराब बन्दै गएको भन्दै चिन्ता प्रकट गरेको छ । अफगानिस्तानको टोलो न्युजका अनुसार ओआईसीले तालिबानसमक्ष मानव अधिकारका साथै महिला र बालबालिकाको अधिकारको सम्मान गर्न पनि आह्वान गरेको छ ।
सन् २०२१ को अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा महिला अधिकार हनन् र मानवीय संकट अझ बढ्दै गएको सन्दर्भमा ओआईसीको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ९ : १४ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी