अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधि ठमेल–११ लाई « Khabarhub

अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधि ठमेल–११ लाई


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखरामा सञ्चालन भएको १२औँ संस्करणको ‘बगर भाइ खेलक एट ए साइड’ अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधि काठमाडौँको ठमेल–११ ले जितेको छ ।

पोखराको ऐतिहासिक पुरानो टुँडिखेल खेलमैदानमा यही माघ ३ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा पोखराको दीप युनाइटेडलाई पेनाल्टी सुटआउटमा २–१ गोलले पराजित गर्दै ठमेल च्याम्पियन बन्यो ।

उपाधि विजेता ठमेलले रु दुई लाख नगद र ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको घरेलु टोली दीपले रु एक लाखमा चित्त बुझायो । खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरमा गरिएको हो । ठमेलका लागि नितिन गुरुङ र टासी छिरिङले गोल गर्नुभयो भने दीपका अन्तिम गुरुङले मात्र गोल गरे ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि दीप युनाइटेडका प्रविन कुमार घोषित हुँदै ट्रफीका साथमा नगद रु १५ हजार पुरस्कार पाए। प्रतियोगिताको उत्कृष्ट गोल किपरमा ठमेलका सञ्जिव खड्गी, उत्कृष्ट डिफेन्डरमा ठमेलका टासी छिरिङ, उत्कृष्ट मिडफिल्डरमा दीपका अन्तिम गुरुङ, उत्कृष्ट स्ट्राइकरमा ठमेलका सागर थापा र उत्कृष्ट प्रशिक्षकमा ठमेलकै प्रदीप श्रेष्ठ घोषित हुँदै जनही रु पाँच हजारका दरले नगद पुरस्कार र ट्रफी प्राप्त गरे ।

विजेता टिम तथा खेलाडीलाई प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेल, तमु धिं युकेका अध्यक्ष हरि गुरुङ, प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले ट्रफी, मेडल प्रमाण पत्र वितरण गरेका थिए। प्रतियोगिताका लागि तमु धिं युकेका अध्यक्ष हरि गुरुङले संस्थाको तर्फबाट नगद रु ६० हजार सहयोग गरे ।

संस्थाका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा तमु धिं युकेका अध्यक्ष हरि गुरुङ, बगर भाई खलकका सचिव मानकाजी गुरुङलगायतले आफ्ना भनाइ राखेका थिए । प्रतियोगितामा भारत देहरादुनको एक टिमसहित कूल २४ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । ‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकका लागि नौलो आयाम’ को नारासहित बगर भाइ खलकले विभिन्न खेलकुद कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ९ : १५ बजे

उदयपुरमा तीन हजार ८४८ जना किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

काठमाडौं– उदयपुरमा तीन हजार ८४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

काठमाडौं– पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष प्रणालीअन्तर्गत

‘पत्रकारले देश र जनताका पक्षमा निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनु पर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पत्रकारले देश

जन्ती बस दुर्घटना : मृतकका परिवारलाई प्रदेश सरकारले दियो आर्थिक सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको बस

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति योजना लक्ष्यअघि नै सम्पन्न

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका