पोखरामा ‘टाइगर कप’ भलिबल सुरु « Khabarhub

पोखरामा ‘टाइगर कप’ भलिबल सुरु


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा रङ्गशालामा आजदेखि तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु भएको छ । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका थिए ।

प्रतियोगिताअन्तर्गत आज तीन खेल भएका छन् । पुरुषतर्फको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ । गण्डकीले २५–२३, २५–२० र २५–१६ ले पुलिसलाई पराजित गरेको हो ।

उद्घाटनपछिको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतियोगिताको साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । एपीएफ २०–२५, २५–२२, २६–२४ र २५–१९ ले विजयी भएको हो ।

महिलातर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब विजयी बनेको छ । न्यू डायमण्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले विजयी सुरुआत गरेको हो । आर्मीले २७–२५, २५–१७ र २५–२३ को सेटमा डायमण्डलाई पराजित गरेको हो ।

प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहेको छ । महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्बल, एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहेको छ ।

पुरुषतर्फ श्रीलङ्काको एसटी जोशेफ वाज स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गण्डकी प्रदेशले सहभागिता जनाएको छ । महिला र पुरुष दुवैतर्फ उपाधि विजेताले रु पाँच÷पाँच लाख, उपविजेतालाई समान रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगितमा तेस्रो हुने टिमलाई नगद रु एक लाख २५ हजार सान्त्वना हुने टिमलाई रु ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । महिला र पुरुषतर्फ उत्कृष्ट एकरएक खेलाडीलाई जनही रु २५ हजार र विधागतरुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु १० हजार र ट्रफीसहित सम्मान गरिनेछ । गत वर्ष भएको दोस्रो संस्करणको उक्त प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपीएफले जितेको थियो ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १० : ०९ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने