ओझेलमा पर्दै कैलालीको नायल ताल « Khabarhub

ओझेलमा पर्दै कैलालीको नायल ताल


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शनिबारको दिन पारेर दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले गोदावरी नगरपालिकामा पर्ने नायल तालको भ्रमण ग¥यो । नगरपालिका–१२ मा रहेको ताल चुरे पर्वत शृङ्खलाको सबैभन्दा उचाइमा अवस्थित ताल हो । यो ताल निकै मनमोहक छ । चारैतिर डाँडाले घेरिएको बीचमा ताल छ । झन्डै एक किलोमिटर लम्बाइ र तीन सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

सुदुरपश्चिम प्रदेशका डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीको सङ्गमस्थलमा उक्त ताल रहेको छ । नायलसम्म कैलालीको गोदावरी ओलानी हुँदै सडक पुगेको छ । उक्त बाटोबाट जाँदा तालसम्म पुग्न गाडीमा तीन घण्टा लाग्नसक्छ । यस्तै कञ्चनपुरको वाणीबङ्कदेखि पनि सडक सञ्जाल पुगेको छ । यो बाटोबाट तालपुग्न गाडीमा दुई घण्टाको औसत समय लाग्छ ।

शनिबार बिहान धनगढीबाट ९ बजे गाडीको यात्रा गर्दै विद्यार्थी समाजका सदस्यहरू दिउँसो १ बजे तालमा पुगेका थिए । तालसम्म पुग्न भोगेका कठिनाइबारे समाजका अध्यक्ष चेतन विक्रम चन्द भन्छन्, “सरकारले तोकिएको राजधानी गोदावरीबाट करिब ३० किलोमिटरको दूरीमा रहेको नायल तालको संरक्षण सम्बद्र्धन अभावका कारण कञ्चनपुर, कैलाली र डडेल्धुराको सीमा क्षेत्रमा रहेको नायल ताल ओझेलमा परेको छ ।”

अहिले तालको संरक्षणका लागि कसैको पनि ध्यान नपुग्दा ताल पुरिँदै गएको छ । उक्त तालमा अहिले त्यहाँ भएको बोटविरुवा तालमा खस्दै गएका छन् । तालको दायाँबायाँ माटो खसेर ताल पुरिँदै गएको छ ।

इतिहास र प्राकृतिक सौन्दर्यताले भरिभराउ ताल संरक्षणका लागि तीनै तहका सरकार बेखबर छन् । तालको खासै प्रचारप्रसार भने हुन सकेको छैन । यदि तालको प्रचारप्रसार भएको भए त्यहाँ पर्यटकको घुइँचो लाग्ने गर्दथ्यो । पर्यटक आउन थाले त्यहाँका स्थानीयवासीको व्यापार व्यवसाय प्रवद्र्धन हुने थियो ।

डोटी राज्य हुँदा मुगल दरबारका रुपमा परिचित गाँउमा रहेको नायल ताल अहिले संरक्षण अभावमा ओझेलमा पर्दै गएको समाजसेवी राजबहादुर चन्दले बताए । उनले भने , “उक्त तालको तीनै तहको सरकार मिलेर प्रचारप्रसार गर्नुपर्ने देखिन्छ । त्यहाँ पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई खाने बस्ने तथा तालको बारेमा जानकारी दिने गाइडको आवश्यकता देखिएको छ ।”

“यो ताल कैलाली, कञ्चनपुरबाट झन्डै २०र३५ किलोमिटर उत्तरमा पर्छ,” उनले भने, “प्राकृतिक ताल विभिन्न जीवजन्तु चराचुरुङ्गीको बासस्थानसमेत हो । ताल सरक्षणका लागि सरोकारवाला निकायले समयमै ध्यान दिन आवश्यक छ ।”

स्थानीय पद्म बोहराका अनुसार परम्परागत विश्वास सुनाउँदै भने, “तत्कालीन समयमा राजाले मानिसको मासु खान पल्केपछि गाँउमा सबै मानिसमाथि मार्दै खानेक्रम चलेको थियो । पछि ती राक्षसी राजासँग मानिस र देउताको लडाइँ भयो । लडाइँ मानिस र देउता विजयी भए ।” उनका अनुसार अहिले पनि ताल क्षेत्रमा भगवती, सिद्धभगवती र घण्टेश्वर कालिका तीन देउवाको पूजा आज गरिने चलन छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १० : २४ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर