लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक : अध्यक्ष अग्रवाल « Khabarhub

लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक : अध्यक्ष अग्रवाल


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्नका लागि लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजनको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले लामो समयदेखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरूलाई सहजता प्रदान गर्न लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिए । 

अध्यक्ष अग्रवालले भने, ‘लगानीमैत्री वातावरण निर्माणका लािग पहिलो आवश्यकता सुरक्षाको प्रत्याभूति नै हो ।’ स्वदेशी लगानीकर्ताको मनोबल उकास्न सरकारले अविलम्व लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति हुने गरी नीतिगत व्यवस्था गर्नुपर्दछ ।

विदेशी लगानीकर्ताहरूको सुरक्षाको प्रत्याभूतिका लागि दुईपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षा सम्झौता गरिएजस्तै आन्तरिक लगानी प्रवर्द्धनका लागि पनि ठोस नीतिगत व्यवस्था हुनुपर्ने अध्यक्ष अग्रवालको भनाई छ । 

लगानी वातावरण, रोजगारी श्रृजना, राजश्व संकलन, वित्तीय स्थिरता लगायतका आर्थिक चुनौतीहरू मुलुकले भोगिरहेको अध्यक्ष अग्रवाले बताए।

करिव ६ वर्षदेखि नै कोभिड १९ को प्रभाव र त्यसपछिको अर्थतन्त्रको कुशल व्यवस्थापन हुन नसक्दा अर्थतन्त्र शिथिलताबाटै गुज्रिरहेको उनको भनाई छ । 

उनले भने,‘ अपार प्राकृतिक श्रोतहरूले भरिपूर्ण हाम्रो देशमा लगानीमैत्री आर्थिक नीतिहरूको अभावले आर्थिक समृद्धि हासिल गर्नु त परै जावस आफ्नो युवा जनशक्तिका लागि रोजगारी समेत श्रृजना हुन सकेको छैन।’

विगतका संकुचित र अव्यवहारिक मौद्रिक नीतिहरूका कारण पछिल्लो ४ वर्षमा १ लाख ५० हजार भन्दा बढी उद्यमी व्यवसायीहरू कर्जा कालोसूचीमा परेको अध्यक्ष अग्रवालले बताए। 

लामो समय देखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरूलाई लागि सहजता प्रदान गर्न नेपाल राष्ट्रबैंकद्धारा जारी चालु पूजि कर्जा निर्देशिकालाई खारेज गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाई छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ४ : ३९ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले