ओझेलमा पर्दै कैलालीको नायल ताल « Khabarhub

ओझेलमा पर्दै कैलालीको नायल ताल


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शनिबारको दिन पारेर दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले गोदावरी नगरपालिकामा पर्ने नायल तालको भ्रमण ग¥यो । नगरपालिका–१२ मा रहेको ताल चुरे पर्वत शृङ्खलाको सबैभन्दा उचाइमा अवस्थित ताल हो । यो ताल निकै मनमोहक छ । चारैतिर डाँडाले घेरिएको बीचमा ताल छ । झन्डै एक किलोमिटर लम्बाइ र तीन सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

सुदुरपश्चिम प्रदेशका डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीको सङ्गमस्थलमा उक्त ताल रहेको छ । नायलसम्म कैलालीको गोदावरी ओलानी हुँदै सडक पुगेको छ । उक्त बाटोबाट जाँदा तालसम्म पुग्न गाडीमा तीन घण्टा लाग्नसक्छ । यस्तै कञ्चनपुरको वाणीबङ्कदेखि पनि सडक सञ्जाल पुगेको छ । यो बाटोबाट तालपुग्न गाडीमा दुई घण्टाको औसत समय लाग्छ ।

शनिबार बिहान धनगढीबाट ९ बजे गाडीको यात्रा गर्दै विद्यार्थी समाजका सदस्यहरू दिउँसो १ बजे तालमा पुगेका थिए । तालसम्म पुग्न भोगेका कठिनाइबारे समाजका अध्यक्ष चेतन विक्रम चन्द भन्छन्, “सरकारले तोकिएको राजधानी गोदावरीबाट करिब ३० किलोमिटरको दूरीमा रहेको नायल तालको संरक्षण सम्बद्र्धन अभावका कारण कञ्चनपुर, कैलाली र डडेल्धुराको सीमा क्षेत्रमा रहेको नायल ताल ओझेलमा परेको छ ।”

अहिले तालको संरक्षणका लागि कसैको पनि ध्यान नपुग्दा ताल पुरिँदै गएको छ । उक्त तालमा अहिले त्यहाँ भएको बोटविरुवा तालमा खस्दै गएका छन् । तालको दायाँबायाँ माटो खसेर ताल पुरिँदै गएको छ ।

इतिहास र प्राकृतिक सौन्दर्यताले भरिभराउ ताल संरक्षणका लागि तीनै तहका सरकार बेखबर छन् । तालको खासै प्रचारप्रसार भने हुन सकेको छैन । यदि तालको प्रचारप्रसार भएको भए त्यहाँ पर्यटकको घुइँचो लाग्ने गर्दथ्यो । पर्यटक आउन थाले त्यहाँका स्थानीयवासीको व्यापार व्यवसाय प्रवद्र्धन हुने थियो ।

डोटी राज्य हुँदा मुगल दरबारका रुपमा परिचित गाँउमा रहेको नायल ताल अहिले संरक्षण अभावमा ओझेलमा पर्दै गएको समाजसेवी राजबहादुर चन्दले बताए । उनले भने , “उक्त तालको तीनै तहको सरकार मिलेर प्रचारप्रसार गर्नुपर्ने देखिन्छ । त्यहाँ पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई खाने बस्ने तथा तालको बारेमा जानकारी दिने गाइडको आवश्यकता देखिएको छ ।”

“यो ताल कैलाली, कञ्चनपुरबाट झन्डै २०र३५ किलोमिटर उत्तरमा पर्छ,” उनले भने, “प्राकृतिक ताल विभिन्न जीवजन्तु चराचुरुङ्गीको बासस्थानसमेत हो । ताल सरक्षणका लागि सरोकारवाला निकायले समयमै ध्यान दिन आवश्यक छ ।”

स्थानीय पद्म बोहराका अनुसार परम्परागत विश्वास सुनाउँदै भने, “तत्कालीन समयमा राजाले मानिसको मासु खान पल्केपछि गाँउमा सबै मानिसमाथि मार्दै खानेक्रम चलेको थियो । पछि ती राक्षसी राजासँग मानिस र देउताको लडाइँ भयो । लडाइँ मानिस र देउता विजयी भए ।” उनका अनुसार अहिले पनि ताल क्षेत्रमा भगवती, सिद्धभगवती र घण्टेश्वर कालिका तीन देउवाको पूजा आज गरिने चलन छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १० : २४ बजे

एमाले सांसदको आरोप- सरकार अलोकतान्त्रिक र अधिनायकवादी चिन्तनबाट अगाडि बढ्यो

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार अलोकतान्त्रिक र

तनहुँका दुई स्थानीय तहको बजेट पारित

दमौली– बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३-८४

‘पुराना पुस्ताको ज्ञान र अनुभव नयाँमा हस्तान्तरण गर्दै मुलुकको विकासमा एकीकृत हुनुपर्छ’

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुराना पुस्ताको ज्ञान र अनुभव

विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

काठमाडौं– विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै