जनकपुरधाममा फागुन ५ गतेदेखि ‘व्यापार मेला’ | Khabarhub Khabarhub

जनकपुरधाममा फागुन ५ गतेदेखि ‘व्यापार मेला’


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुर – जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा फागुन ५ गतेदेखि ‘जनकपुरधाम व्यापार मेला २०७९’ को आयोजना हुने भएको छ । व्यापार मेलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी र प्रतिष्ठानबीच अनुभव आदानप्रदान भई व्यापार, व्यवसायको विकासमा थप टेवा पुग्ने विश्वास आयोजकको छ ।

जनकपुरधाममा आज पत्रकार सम्मेलनको आयोजना गर्दै व्यापार मेला फागुन ५ देखि १४ गतेसम्म जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना हुने सङ्घका अध्यक्ष जीतेन्द्र महासेठले जानकारी दिए ।

स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य लिइएको भए पनि मेलामा सार्क राष्ट्रहरू भारत, पाकिस्तान र बङ्गलादेशका विभिन्न क्षेत्रका व्यापारीको सहभागिता रहने अध्यक्ष महासेठले जानकारी दिए ।

मेलामा एक सय ५० भन्दा बढी प्रदर्शनी कक्ष रहने आयोजकले जनाएको छ । एक लाखभन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान गरिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका महासचिव मनोजकुमार साहले बताए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १० : ३५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग