जनकपुरधाममा फागुन ५ गतेदेखि ‘व्यापार मेला’ « Khabarhub

जनकपुरधाममा फागुन ५ गतेदेखि ‘व्यापार मेला’


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुर – जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा फागुन ५ गतेदेखि ‘जनकपुरधाम व्यापार मेला २०७९’ को आयोजना हुने भएको छ । व्यापार मेलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी र प्रतिष्ठानबीच अनुभव आदानप्रदान भई व्यापार, व्यवसायको विकासमा थप टेवा पुग्ने विश्वास आयोजकको छ ।

जनकपुरधाममा आज पत्रकार सम्मेलनको आयोजना गर्दै व्यापार मेला फागुन ५ देखि १४ गतेसम्म जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना हुने सङ्घका अध्यक्ष जीतेन्द्र महासेठले जानकारी दिए ।

स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य लिइएको भए पनि मेलामा सार्क राष्ट्रहरू भारत, पाकिस्तान र बङ्गलादेशका विभिन्न क्षेत्रका व्यापारीको सहभागिता रहने अध्यक्ष महासेठले जानकारी दिए ।

मेलामा एक सय ५० भन्दा बढी प्रदर्शनी कक्ष रहने आयोजकले जनाएको छ । एक लाखभन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान गरिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका महासचिव मनोजकुमार साहले बताए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १० : ३५ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज