अन्तरनगर पुरुष खो-खो प्रतियोगिताको उपाधि ठाकुरबाबालाई  « Khabarhub

अन्तरनगर पुरुष खो-खो प्रतियोगिताको उपाधि ठाकुरबाबालाई 


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो-खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले हात पारेको छ ।

स्थानीय सहिद स्मृति खेलमैदानमा यही फागुन ५ गतेदेखि सुरु भई मङ्गलबार सम्पन्न प्रतियोगितामा उपाधि हात पार्दै ठाकुरबाबा नगरपालिकाले नगद रु एक लाख ५० हजारसहित ट्रफी हात पारेको हो । प्रतियोगितामा दोस्रो हुने कीर्तिपुर नगरपालिकाले एक लाख नगदसहित ट्रफी र तेस्रो हुने धनगढी उपमहानगरपालिकाले रु ५० हजार नगद पुरस्कारसहित ट्रफी प्राप्त गरेका छन् ।

नगरपालिकाले आज आयोजना गरेको पुरस्कार वितरण समारोहमा संघीय सांसद एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई नगद पुरस्कार, ट्रफी र खेलाडीलाई पदक प्रदान गरे । विभिन्न जिल्लाबाट कुल १३ नगरपालिकाको १४ टिमको सहभागिता रहेको प्रतियोगितामा सहभागी सबै नगरपालिकालाई नगरप्रमुख एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले नगद रु पाँच हजार पुरस्कारसहित मायाको चिनो प्रदान गरे ।

सांसद सुवालले नेपालको संविधान संशोधन गरेरै भए पनि संविधानमा खेलकुदलाई मौलिक हकमा समावेश गर्नुपर्ने र १८ वर्षभन्दा माथिका हरेक नागरिकलाई अनिवार्य सैनिक तालिम दिनुपर्ने बताए । देशका विभिन्न ठाउँमा सीमा अतिक्रमण भइरहेको तथा लिम्पियाधुरा, लिपुलेक र कालापानीमा अहिलेसम्म पनि नेपाली सैनिक र प्रहरी नपुगेको बताउँदै उनले देशको सीमा तथा सार्वभौमिकता रक्षा गर्न अनुशासित र देशभक्त नागरिक तयार गर्नुपर्ने बताए।

त्यसअवसरमा नगरप्रमुख प्रजापतिले प्रजातन्त्र पुनःस्थापनाका लागि आफ्नो ज्यानको आहुति दिएका महान् सहिदको बलिदानको स्मरणस्वरूप भक्तपुर नपाले राष्ट्रिय र अन्तर्राष्ट्रिय खो-खो खेलाडी उत्पादन गर्न सहयोग पुग्ने गरी प्रतियोगिताको आयोजना गरेको बताए ।

बागमती प्रदेशसभा सदस्य सिर्जना सैँजु, नगरपालिकाका उपप्रमुख रजनी जोशी, कीर्तिपुर नगरपालिकाका उपप्रमुख सुनिता शाक्य, भनपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायतले खो-खो खेलको महत्त्व, आवश्यकता र राज्यको दायित्वका बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ६ : ४१ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण