सुख्खा छालामा चाँडै एलर्जी हुन्छ « Khabarhub

सुख्खा छालामा चाँडै एलर्जी हुन्छ

आकर्षक बन्ने चाहना भए छालाको हेरचाहमा ध्यान दिनुहोस्



सुन्दर अनुहार सबैलाई मनपर्छ। त्यसैले सुन्दर र आकर्षक हुने चाहना राख्नु मानिसको स्वभाव नै हो। तर समय अनुसार सही तरिकाले मेकअप गर्न जानिएन भने अनुहार झनै कुरूप हुनसक्छ। जाडो मौसम छालाको लागि खासै अनुकूल मानिँदैन किनकि यो समयमा बाहिरी वातावरण सुख्खा हुन्छ। चिसो र सुख्खापनले छालामा सोझै असर पार्दछ। अझै काठमाडौंलगायतका सहरी क्षेत्रमा हुने धूलो धुवाँले छालालाई नकारात्मक असर पारिरहेकै हुन्छ। त्यसैले जाडो याममा छालाको सौन्दर्य कायम राख्न अन्य समयभन्दा अलि बढी नै ध्यान दिनुपर्छ। त्यसैले मौसम अनुसार अनुहारको स्याहार तथा मेकअप गर्नुपर्ने हुन्छ। जाडो मौसममा अनुहारलाई सुन्दर र आकर्षक बनाइराख्न के गर्नुपर्छ ? यसै विषयमा आधारित भएर खबरहबका लागि छाला रोग विशेषज्ञ डा. एलिसा भट्टराईसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

यो मौसममा छालामा कस्तो समस्या देखिन्छ ?
यो मौसम भनेका जाडो मौसम हो। यो मौसममा धेरै छाला सुख्खा देखिने हुन्छ। धेरै प्रकारका एलर्जी पनि हुने सम्भावना हुन्छ। वातावरणमा भएको धुलो धुँवाले छालालाई बुढो बनाउने सम्भावना हुन्छ। केयर नै गर्दा पनि हाम्रो छालामा धेरै समस्या देखा पर्छ। बजारमा आएका सामान सबै राम्रो हुन्छन् भन्ने हुँदैन। त्यसैले सामान्यतया बिहान बेलुका फेसवास गर्ने, धेरै नै सुख्खा छ भने बिहान फेसवास नलगाउँदा हुन्छ। छालाका लागि लोसनहरु अनिवार्य लगाउनु पर्दछ। दिनभर हामीले मेकअप गर्ने हुँदा विभिन्न प्रकारका क्रिमहरू लगाउँछौँ। मेकअप सामग्रीले छालामा फ्री एरिकल उत्पादन गरेको हुन्छ। त्यो फ्री एरिकलले छालालाई चाँडो बुढो बनाउने हुन्छ।

छाला कति प्रकारका हुन्छन् ? कस्तो छालालाई कसरी हेरचाह गर्ने ?
छालाको प्रकार भनेर हामीले भन्नु पर्दा पाँच प्रकारको छाला हुन्छ। कसैको सामान्य छाला, ओइली छाला, मिक्स छाला, संवेदनशील छाला हुन्छ। छालाको प्रकार वातावरण अनुसार हुन्छ। एलर्जी हुनसक्ने छाला भनेको ड्राई छाला हुन्छ। त्यसैले आफ्नो छालाको प्रकार हेरेर सामग्रीको प्रयोग गर्न सकिन्छ।

अस्पताल नगई, चिकित्सकको परामर्श बिना आफ्नो छालाको प्रकार कसरी पत्ता लगाउने ?
आफ्नो छाला कस्तो भनेर पत्ता लगाउन फेसवास गर्ने र चार घण्टासम्म केही नलगाई बस्ने गर्नुपर्छ। निधार, नाक र चिउँडो निरको भागमा हल्का साइनिङ र छेउछेउमा सुख्खा देखियो भने त्यो छालालाई हामी सामान्य र मिक्स भन्छौँ। फेसवास गरेको चार घण्टापछि सुख्खा भयो भने त्यसलाई हामी सुख्खा छाला भन्छौँ। फेसवास गरेको चार घण्टापछि टिजोईनिङ एरिया र गालाको भाग टल्किरहेको छ भने त्यसलाई हामी ओइली स्किन भन्छौँ।

बिहानदेखि बेलुकासम्म कसरी छालको हेरचाह गर्ने ?
बिहानको रुटिन र बेलुकाको रुटिन भनेर छुट्टाउने। बिहानको रुटिन गर्नु पूर्व ड्राइ स्क्रिन छ भने फेसवास गर्दा पानीले मात्र पखाल्दा हुन्छ, ओइली र नर्मल स्किन छ भने (जेन्टल क्लीजिङहरु) प्रयोग गर्न सकिन्छ। किनभने सुख्खा मौसममा स्किन सुख्खा हुने सम्भावना धेरै हुन्छ। जेन्टल क्लीजिङहरु प्रयोग गर्ने र भिटामिन सी प्रयोग गर्दा हुन्छ। त्यसले हामीलाई धुलो धुँवा फोहोरबाट बचाउँछ। यसले घामबाट पनि बचाउँछ। एउटा त्यो सेरम लगाउँदा राम्रो। त्यो सेरम लगाएपछि सुख्खा छाला छ भने बीचमा लोसन प्रयोग गर्नुपर्छ। एकदमै सुख्खा छाला छ भने क्रिम फर्मको सनक्रिम लगाउँदा राम्रो हुन्छ। त्यो पनि एसपी एफ ३० भन्दा माथिको लगाउने गर्नुपर्छ। जाडोमा पनि ओइली छाला छ भने भिटामिन सी सेरम प्रयोग गरेपछि पनि लोसन नलगाई जेल फ्रमको सन् क्रिम लगाउँदा राम्रो हुन्छ।

मेकअप प्रोडक्ट कसरी लगाउने ?
छालामा बिमिरा आउँछ भने फेसवास गर्ने र त्यसको औषधि लगाउने गर्नुपर्छ। त्यसपछि मात्र सेरम लगाउनु राम्रो हुन्छ। त्यसपछि लोसन लगाउने र पछि सन क्रिम लगाउने गर्दा राम्रो हुन्छ। त्यसपछि मात्र आफ्नो मेकअपको सामग्री लगाउने।

छालामा कस्तो समस्या भयो भने हामी अस्पतालमा नै गएर चिकित्सकलाई देखाउनु पर्ने हुन्छ ?
सेरमहरु धेरै मात्रामा आफै किनेर प्रयोग गरेको पाइन्छ त्यो प्रयोग गर्दा थोरैबाट सुरु गर्नु राम्रो हो। सुरुमा हप्ताको एक दुई दिन गरेर प्रयोग गर्ने। यसरी लगाउँदा लगाउँदै पनि कसैलाई एलर्जी हुनसक्छ। चिलाउने, खटिरा आउने रातो हुने हुनसक्छ। यस्तो भयो भने आफैले औषधि किन्नु भन्दा छाला रोग विशेषज्ञलाई सोधेर नै लगाउँदा राम्रो हुन्छ।

छालाको लागि हामीले कस्तो खाना खाने ?
ब्यालेन्स डाइट खाने, कार्बाेहाईडेट, प्रोटिन, माछा मासु खाने, शाकाहारी हो भने सागपात प्रशस्त खाने, प्रशस्त मात्रामा पानी पिउने गर्नु पर्दछ।

छालाको हेरचाहका लागि थप केही सुझाव छन् कि ?
हामीले धेरै प्रोडक्ट लगाएर छाला राम्रो हुने होइन। कसरी लगाउने तरिका र दिनहुँ रुटिन बनाएर फेस सफा गर्नु राम्रो हुन्छ। आज औषधि लगाएर भोलि नै निको हुन्छ भनेर सोच्नु हुँदैन। एउटा औषधिले काम गर्न २८ दिन लाग्छ, त्यसैले दिनहुँ लगाउने धैर्यता राख्नुपर्छ।
छालामा कुनै समस्या आयो भने सिधा फार्मेसिमा गएर औषधि लगाउनु भन्दा छाला रोग विशेषज्ञलाई सोधेर र छाला जाँच गरेर प्रयोग गर्दा राम्रो हुन्छ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

 

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ६ : ५९ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक