चीनको निर्देशनमा शरणार्थीमाथि दुर्व्यवहार | Khabarhub Khabarhub

चीनको निर्देशनमा शरणार्थीमाथि दुर्व्यवहार

चीन खुसी बनाउन थाई सरकारको ज्यादती


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

थाइल्यान्डमा आप्रवासीको रूपमा बसोबास गर्न चाहने एक ४९ वर्षीय उर्गुयरको निधन भएको छ। थाइल्यान्डमा पछिल्लो समय ५० जना उर्गुयर बन्दी बनाइएका छन्। उनीहरूलाई अहिले पनि त्यहाँबाट मुक्त दिलाउनका लागि अनेक अनुनय र विनय भएको छ। अध्यागमनको हिरासतमा होस गुमाएका अजीज अब्दुल्लाहको निधन भएको हो। सन् २०१३ मा चीनको जीङ जियाङ प्रान्तबाट तीन सय ५० अर्गुयुर शरणार्थीको रूपमा जीवन बिताउनका लागि थाइल्यान्ड पुगेका थिए। तीनै मध्यको उनी एक हुन्।

पछिल्लो एक दशकदेखि चीनले उर्गुयुर मुसलमानमाथि मानवता विरोधी अपराध गरेको आरोप लागेको छ। अल्पसङ्ख्यकमाथि अपराध मानवता विरोधी गतिविधिको चीन माथिको यो आरोप अहिले पनि अन्तर्राष्ट्रिय समुदायले लगाइ नै रहेको छ। त्यत्ति मात्र होइन, हङकङमा सुरक्षा ऐन ल्याएर त्यहाँका बासिन्दालाई थप यातना दिएको आरोप लागेको छ। बेइजिङले ‘पुनः शिक्षा शिविर’ को नाम दिएर त्यहाँ अहिले पनि लाखौँलाई बन्दी बनाइएको छ। त्यस बन्दी जीवन भित्रको यातनाको कुरै भएन।

थाइल्यान्डको बन्दी गृहको बारे जानकारी राख्नेका अनुसार अजीज तीन सातादेखि बिरामी थिए। उनलाई अस्पताल लैजान हार गुहार गरिए पनि उनले त्यसलाई अस्वीकार गरेका थिए।
अजीज जीङ जीयाङको दक्षिणमा रहेको स्थानमा खेती किसानी गरेर बस्थे। उनी आफ्नी श्रीमती सँगै थाइल्यान्ड आएका हुन्। उनका सात सन्तान र भाइहरू सन् २०१३ मै अलि पछाडि त्यहाँ पुगेका थिए।

अल्पसङ्ख्यकमाथि अपराध मानवता विरोधी गतिविधिको आरोप चीनमाथि अहिले पनि अन्तर्राष्ट्रिय समुदायले लगाइ नै रहेको छ। त्यत्ति मात्र होइन, हङकङमा सुरक्षा ऐन ल्याएर त्यहाँका बासिन्दालाई थप यातना दिएको आरोप लागेको छ।

उनी पछिल्लो समय खोकी र वान्तको सिकारमा परेका थिए। विश्व उर्गुयर कांग्रेसका अस्ट्रेलियन केन्द्र रहेको शरणार्थी शिविरको निर्देशक पोलाट समयका अनुसार उनको अवस्था एकदमै खराब थियो। पोलाटकै अनुसार बेहोस अवस्थामा फेला परेपछि अस्पताल लगिएका उनलाई अस्पताले मृत घोषिणा गरेको हो। उनको मृत्यु प्रमाणपत्रमा फोक्सोमा भएको सङ्क्रमण कारण भएको जनाइएको छ।

अभियन्ताले दक्षिणी थाइल्यान्डमा अप्ठेरो पछि त्यस समूह नै मलेसिया अथवा टर्की प्रस्थान गर्न चाहेको कुरा जनाएका छन्। त्यस समयमा टर्कीले उनीहरूलाई राम्रो व्यवहार मात्र गरेको होइन, कतिपयलाई त नागरिकता नै दिएको थियो। यो घटना थियो, सन् २०१४ को। सन् २०१५ मा थाई अधिकारीहरूले एक सय ७३ जानलाई देश छाड्न अनुमति दिएको थियो। यसमा अजीजका श्रीमती र बच्चा पनि थिए।

यसमा चीनले दुई दक्षिण समझदारीको विषयको उल्लङ्घन भएको तथा आतङ्ककारी गतिविधिलाई प्रेरित गरेको भन्दै आपत्ति जनाएको थियो। थाइल्यान्डले शरणार्थी हुन चाहनेहरुको स्थानमा चिनियाँ सरकारलाई भ्रमण गर्न दिएको थियो। धेरै देशका सरकार र संयुक्त राष्ट्र सङ्घ अन्तरगतको आप्रवासी समाधान गर्ने निकाय यूएनएचसीआरको अनुनयलाई बेवास्ता गर्दै थाइल्यान्डले एक सय ९ जना उर्गुयुर पुरुष चीनलाई हस्तान्तरण गरेको थियो। त्यसमा अजीज अब्दुल्लाको भाइ पनि थिए।

चीनले जीङजीयाङमा गरेको ज्यादती आलोचनाको विषय बनेको छ। त्यत्ति मात्र नभएर थाइल्यान्डलाई समेत यातनाको निर्देशन दिएर मानव अधिकार हननको सवालमा आफूलाई अग्रस्थानमा उभ्याएको छ।

चीनका राज्य संयन्त्रगत सञ्चार माध्यमले उनलाई मानव तस्कर गिरोहको संज्ञा दिएको थियो। कतिलाई आतङ्कवादमा संलग्न भएको पनि भनिएको थियो। ती व्यक्ति चीनमा उपस्थित गराइएपछि उनीहरूको अवस्थाको बारे समेत कसैलाई जानकारी दिइएको छैन। उनीहरूलाई यातना गृहमा पठाइएको कुरा अस्वीकार गर्दै उनीहरुलाई घर फर्काइएको भनेर थाई सरकारले गलत निर्णयको बचाउ गर्दै आएको छ। त्यसको ६ सातापछि चिनियाँहरूका लागि लोकप्रिय ठहरिएको मध्य बैंककको एउटा पर्यटकीय क्षेत्रमा शक्तिशाली बम विस्फोट भएको थियो। त्यस विस्फोटमा परेर २० जनाको ज्यान जानुको साथै धेरै जना घाइते भएका थिए। थाई सरकाले मानव तस्कर गिरोहको कारण यो सबै भएको बताएको थियो। यसको आरोप उर्गुयुर समुदायलाई नै थाई सरकारले लगाएको थियो।

यसै आरोपमा थाई सरकारले दुई उर्गुयुरलाई गिरफ्तार गरेको थियो। ती मध्यको एक त निर्दोष थिए। अर्को एकको पनि आरोप पुष्टि गर्ने प्रशस्त आधार नहुनुका बाबजुद थाई सरकारले कारबाही अघि बढाएको थियो। उनीहरूको सुनुवाइ एकदमै ढिला भएको छ। गिरफ्तारीको आठ वर्षपछि पनि यो मुद्दा टुङ्ग्याउन कुनै हतारो गरिएको छैन। उनीहरूले पनि अझै हिरासतमै बिताइरहेका छन्।

थाई सरकाले मानव तस्कर गिरोहको कारण यो सबै भएको बताएको थियो। यसको आरोप उर्गुयुर समुदायलाई नै थाई सरकारले लगाएको थियो।

गत वर्ष ५० जना उर्गुयुरलाई गिरफ्तार गरेर हिरासतमा राखिएको थियो। एकदमै भीड भएको स्थानमा राखिएको ती बन्दी मध्येकै तीन जना भने फुत्किएर हिँडेका थिए।

मध्य बैंककको हिरासतमा राखिएका उनीहरूको अवस्था एकदमै खराब थियो। ती सबै उर्गुयुरलाई भिन्नाभिन्नै राखिएको थियो। उनीहरूलाई अन्य व्यक्तिसँग सम्पर्क गर्न पनि दिइएको थिएन।

उर्गुयरमाथि न्यायोचित व्यवहारको आवाज उठाउँदै आएको पिपुल्स इन्पावरमेन्ट फाउन्डेसनका चालिँदा तास्चोरुनचुकले उनीहरूको अवस्था अपराध पुष्टि भएर जीवन बिताएका नियमित कैदीको भन्दा धेरै खराब भएको बताएका छन्।

त्यहाँ धेरै भीड छ। खानाको अभाव छ। पठाइएको खाना पनि स्वास्थ्यकर छैन। मुस्लिम बन्दीका लागि हलाल खानेकुरा पनि छैन। त्यहाँ सफा पिउने पानी छैन। धाराकै पानी पिउन खोजेमा त्यसको समेत व्यवस्था छैन। त्यहाँ कुनै स्वास्थ्य सुविधा छैन। कोही बिरामी भए सामान्यतया पेनकिलर दिएर टार्ने गरिन्छ।

गत वर्ष ५० जना उर्गुयुरलाई गिरफ्तार गरेर हिरासतमा राखिएको थियो। एकदमै भीड भएको स्थानमा राखिएको ती बन्दी मध्येकै तीन जना भने फुत्किएर हिँडेका थिए।

ह्युमन राइट वाचका फिल रोबर्टसनका अनुसार उर्गुयरलाई जबरजस्ती बन्दी बनाउनुको परिणाम स्वरूप यो मृत्युको घटना भएको जनाएको छ। उनले बन्दी गृहमा रहेका व्यक्तिको स्वास्थ्य अवस्थाको बारे चासो नदिनु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। खाद्यान्नको अवस्था तथा स्वास्थ्य अवस्थाका बारे कुनै चासो नदिनु अध्यागमन विभागको समेत गल्ती भएको आरोप उनको छ।

युएनएचसीआरले समेत यस्ता बन्दीको पहुँचमा आफूहरू पुग्नै नसकेका जनाइ सकेको छ। थाइल्यान्डको मानव अधिकार आयोगले पनि यसरी बन्द बनाइएकासँग भेट्ने चाहना धेरै अगाडिदेखि राखे पनि यो सम्भव नभएको जनाएको छ। धेरै महिनाको प्रयासपछि मानव अधिकारवादीले यो महिनाको अन्त्यमा त्यहाँ भ्रमण गर्ने अनुमति पाएका छन्।

अभियन्ताहरू थाई सरकारले उनीहरूलाई छाडे तेस्रो देशमा व्यवस्थापन गर्ने बाटो खुला हुने बताउँछन्। तर, थाइल्यान्डले चीनको चाहना विपरीत यसो गर्ने सम्भावना कम भएको जनाइन्छ। अहिले अजीज अब्दुलाहको शव थाई इस्लाम समुदायलाई हस्तान्तरण गरिएको छ। मध्य बैंककका चाओ नदीको किनारमा उनको अन्त्येष्टि गरिएको छ।

लामो समयदेखि उर्गुयुर माथि भएको ज्यादतीको शृङ्खलामा अजीजको निधन संसारलाई नै चकित पार्ने घटना हो। यस अगाडि पनि थुप्रै मानव अधिकार उल्लङ्घनको घटना त्यहाँ नभएको होइन।

अहिले अजीज अब्दुलाहको शव थाई इस्लाम समुदायलाई हस्तान्तरण गरिएको छ। मध्य बैंककका चाओ नदीको किनारमा उनको अन्त्येष्टि गरिएको छ।

उर्गुयर माथि चिनियाँ ज्यादती तथा मानव अधिकार उल्लङ्घनको बारे धेरै अघिदेखि प्रश्न उठ्दै आएको हो। संयुक्त राष्ट्र संघले तयार पारेको एक प्रतिवेदनमा मानव अधिकार उल्लङ्घनका गम्भीर घटना भएको जनाइएको थियो। चीनले भने पश्चिमा शक्तिको इशारामा त्यस रिपोर्ट तयार भएको गुनासो गरेको थियो। राष्ट्र सङ्घकै प्रतिवेदनमा थुप्रै अल्पसङ्ख्यक आदिवासीमाथि ज्यादती भएको जनाइएको थियो। चीनको स्थलगत निरीक्षण गर्नेले मानव मानवता विरोधी अपराधका लामो शृङ्खला नै तयार भएको जनाएको थियो।

चीनले त्यहाँका धेरै इस्लामलाई गिरफ्तार गर्दै यातना गृहमा राख्दा गर्ने अन्याय र अत्याचारको समाचार समेत प्रकाशमा आएको छ। दिसा खुवाउने, पिट्ने र बलात्कार गर्ने सम्मका घटना त्यहाँ हुने गरेको जनाइएको छ। चीनले जीङजीयाङमा गरेको ज्यादती आलोचनाको विषय बनेको छ। त्यत्ति मात्र नभएर थाइल्यान्डलाई समेत यातनाको निर्देशन दिएर मानव अधिकार हननको सवालमा आफूलाई अग्रस्थानमा उभ्याएको छ।
स्रोत : बीबीसी

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : ५१ बजे

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख