ट्याक्सी चालकलाई युएई र कतार जान रोक « Khabarhub

ट्याक्सी चालकलाई युएई र कतार जान रोक


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । 

युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय मोटरसाइकल र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए। 

उनका अनुसार सहजरूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नुपरेको अवस्था रहेको र अधिकांश श्रमिक धेरैपटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनुपरेको गुनासो आएकाले सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना बढेसँगै विभागले उक्त निर्णय लिएको हो ।

युएई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि विभागले पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो । विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ । उक्त पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र युएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरिएको विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १० : ३५ बजे

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या