नवयुवा कपको उपाधि फोर ब्रदर्श एफसी नवलपरासीलाई « Khabarhub

नवयुवा कपको उपाधि फोर ब्रदर्श एफसी नवलपरासीलाई


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भैरहवा– १०औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि फोर ब्रदर्श एफसी, नवलपरासीले जितेको छ । मंगलबार भएको फाइनल भिडन्तमा फोर ब्रदर्शले फर्साटिकर युवा क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जितेको हो ।

ओमसतिया-२ स्थित कर्मडाँडा खेलमैदानमा भएको अन्तिम खेलमा फोर ब्रदर्शका लागि अनुज भण्डारीले गरेको एक मात्र गोल निर्णायक बन्यो । फोर ब्रदर्शका युवराज चापागाईं फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । त्यसबापत उनले एक थान स्मार्ट वाच हात पारे ।

विजेता बनेको फोर ब्रदर्शले उपाधिसहित नगद २ लाख पुरस्कार पाएको छ भने उपविजेतामा सीमित बनेको फर्साटिकरले १ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । फोर ब्रदर्शका सदिप केसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक पनि फोर ब्रदर्श कै बिक्रम राना मगर घोषित भए भने सर्वाधिक गोलकर्ताको पुरस्कार फर्साटिकरका टिकाराज गुरुङ भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ८-८ हजार सहित ट्रफी हात पारे ।

 गत माघ २३ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरूले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १० : ४६ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ