पूर्वकप्तान लामिछानेलाई यूएईमा हुने श्रृंखलामा सहभागी गराउन क्यानले पहल थाल्यो | Khabarhub Khabarhub

पूर्वकप्तान लामिछानेलाई यूएईमा हुने श्रृंखलामा सहभागी गराउन क्यानले पहल थाल्यो


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानले यूएईमा हुने एक दिवसीय श्रृंखलामा पूर्वकप्तान सन्दीप लामिछानेलाई सहभागी गराउन पहल थालेको छ ।

घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछानेलाई यूएईमा हुने श्रृंखलामा पनि सहभागी गराउन क्यानले राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेको हो ।

बलात्कारको अभियोग लागेका उनलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा लगाइएको सर्तका कारण उनी देश बाहिर जान पाउने छैनन् । तर, कानूनी बाधा हटाएर उनलाई यूएईमा लैजान क्यानले पहल थालेको हो ।

क्यानले राखेपलाई लेखेको पत्रमा लामिछानेलाई राष्ट्रिय टिमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  २ : १९ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक