बदनियतपूर्वक काम गर्ने लघुवित्तलाई कारबाही होस् : सांसद थापा « Khabarhub

बदनियतपूर्वक काम गर्ने लघुवित्तलाई कारबाही होस् : सांसद थापा


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बदनियतपूर्वक काम गर्ने लघुवित्तलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद थापाले लघुवित्तका कारण कयौंको आर्थिक अवस्था डमाडोल भएकोप्रति सरकारले ध्यान दिनुपर्ने पनि बताएका छन् ।

‘अति न्यून आय भएका गरिबलाई गरिबीको आहालबाट निकाल्नका लागि काम होला भनेको, कयौं लघुवित्तका कारणले गर्दा गरिब उठ्नै नसक्ने गरिकन थला परेका छन्’ थापाले बैठकमा भने, ‘तत्काल गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने र सुपरिवेक्षण गर्दा मुठ्ठी कस्ने राष्ट्र पनि यसको जिम्मेवार छन्, यही कारणले गर्दा लघुवित्तको संकट देखिएको हो ।’

उनले अगाडी भने, ‘मर्कामा परेकालाई राहत दिनुपर्छ । बदनियतसाथ काम गर्ने लघुवित्त संस्थालाई कारबाही गर्नुपर्छ ।’

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  २ : ३९ बजे

विपद् प्रभावित बेनी-जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

म्याग्दी– कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन