बदनियतपूर्वक काम गर्ने लघुवित्तलाई कारबाही होस् : सांसद थापा « Khabarhub

बदनियतपूर्वक काम गर्ने लघुवित्तलाई कारबाही होस् : सांसद थापा


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बदनियतपूर्वक काम गर्ने लघुवित्तलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद थापाले लघुवित्तका कारण कयौंको आर्थिक अवस्था डमाडोल भएकोप्रति सरकारले ध्यान दिनुपर्ने पनि बताएका छन् ।

‘अति न्यून आय भएका गरिबलाई गरिबीको आहालबाट निकाल्नका लागि काम होला भनेको, कयौं लघुवित्तका कारणले गर्दा गरिब उठ्नै नसक्ने गरिकन थला परेका छन्’ थापाले बैठकमा भने, ‘तत्काल गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने र सुपरिवेक्षण गर्दा मुठ्ठी कस्ने राष्ट्र पनि यसको जिम्मेवार छन्, यही कारणले गर्दा लघुवित्तको संकट देखिएको हो ।’

उनले अगाडी भने, ‘मर्कामा परेकालाई राहत दिनुपर्छ । बदनियतसाथ काम गर्ने लघुवित्त संस्थालाई कारबाही गर्नुपर्छ ।’

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  २ : ३९ बजे

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि