रुसले युक्रेनलाई कहिल्यै जित्न सक्दैन : राष्ट्रपति बाइडेन « Khabarhub

रुसले युक्रेनलाई कहिल्यै जित्न सक्दैन : राष्ट्रपति बाइडेन


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनलाई कहिल्यै जित्न नसक्ने दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण जारी रहने बताएको केही घण्टापछि पोल्याण्डको राजधानी वार्सामा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपतिले युक्रेन युद्धमा रुसको कहिल्यै विजय नहुने दाबी गरेका हुन् ।

युक्रेनप्रति अमेरिका र उसका साझेदारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले रुसी राष्ट्रपतिको आरोपको खण्डन गरे ।

रुसका राष्ट्रपति पुटिनले युक्रेनमा एक वर्षदेखि जारी युद्धका लागि अमेरिकासहित पश्चिमा राष्ट्रहरूलाई दोष दिएका थिए । उनले आफू पुटिनजस्तो निरङ्कुश एवम् कठोर नभएको पनि बताए ।

रुसी संसदमा पुटिनले युक्रेनलाई पश्चिमा राष्ट्रहरूले ‘रुसविरोधी’ बनाउने प्रयास आरोप लगाउँदै आफ्नो देशको अस्तित्व जोखिममा परेको बताएका थिए ।

सम्बोधनका क्रममा उनले अमेरिकासँगको आणविक हतियार सन्धिमा सहभागी नहुने घोषणा पनि गरेका थिए । रुसी राष्ट्रपतिले आफ्नो देशमाथि लादिएको प्रतिबन्ध सफल नहुने बताउँदै आफ्नो देशले व्यवस्थित रूपमा आफ्नो उद्देश्य प्राप्त गर्न युद्ध निरन्तर हुने बाचा गरेका थिए ।

युक्रेनको राजधानी किभको अप्रत्यासित भ्रमण गरेर वार्सा पुगेका बाइडेनले पश्चिमा मुलुकले रुसमाथि आक्रमण गर्ने कुनै योजना नबनाएको पनि स्पष्ट पारे ।

रुसी राष्ट्रपतिले आफ्नो देशमाथि अमेरिकासहितका पश्चिमा देशले आक्रमण गर्ने योजना बनाएका आरोपको खण्डन गर्दै अमेरिकी राष्ट्रपतिले यस्तो बताएका हुन् ।

त्यसअघि राष्ट्रपति बाइडेनलेपोल्याण्डका राष्ट्रपति एन्ड्रेइ डुडालाई भेटेर आफ्नो भ्रमण संवेदनशील क्षणमा भएको बताउँदै उत्तर एटलान्टिक सन्धि सङ्गठन नाटोको सामूहिक रक्षाको सिद्धान्तप्रति वासिङ्गटनको प्रतिबद्धता दोहो¥याए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : ५३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर