दिल्ली महानगरको नयाँ मेयरमा आम आदमी पार्टीकी डा‍. ओबरोय निर्वाचित | Khabarhub Khabarhub

दिल्ली महानगरको नयाँ मेयरमा आम आदमी पार्टीकी डा‍. ओबरोय निर्वाचित


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको राजधानीसमेत रहेको दिल्ली महानगरको नयाँ मेयरमा आम आदमी पार्टीकी उम्मेदवार डा‍. शेली ओबरोय निर्वाचित भएकी छिन् ।

नगर निगमको निर्वाचनमा ओबरोयले १५० मत प्राप्त गर्दा भारतीय जनता पार्टी भाजपाकी उम्मेदवार रेखा गुप्ताले ११६ मत पाइन् ।

ओबरोयको जीतसँगै दिल्ली नगर निगमबाट १५ वर्षपछि भारतीय जनता पार्टी बाहिरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ओबरोयलाई चुनाव जितेकोमा बधाइ दिएका छन् । अरविन्द केजरीवालले ट्विटरमा लेखेका छन्, ‘आज दिल्लीको नगर निगममा दिल्लीका जनताको जित भयो, गुन्डागर्दी पराजित भयो ।’

उनले ओबरोय मेयरमा निर्वाचित भएकोमा दिल्लीका जनतालाई पनि बधाइ समेत दिएका छन ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ४ : ४८ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी